दिवंगत पत्नीको सम्झनामा मदनकृष्ण श्रेष्ठले ल्याए ‘तिमी जून जस्तै लाग्छौ प्यारो’ [भिडियाे]

दिवंगत पत्नीको सम्झनामा मदनकृष्ण श्रेष्ठले ल्याए ‘तिमी जून जस्तै लाग्छौ प्यारो’ [भिडियाे]

केन्द्रबिन्दु
0
Shares

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको शब्दमा ‘तिमी जून जस्तै लाग्छौ प्यारो’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । होम प्रोडक्सनमा तयार भएको गीतमा श्रेष्ठकै छोरी सरानाले स्वर दिएकी छन् भने छोरा यमनले संगीत भरेका छन् ।

गायिका सरानाकै निर्देशनमा तयार भएको भिडियोमा मदनकृष्णसहित उनकै छोरा र छोरी फिचर्ड छन् । स्व. पत्नी यशोदा सुवेदी श्रेष्ठको सम्झनामा तयार भएको गीतमा मदनकृष्णले निकै मन छुने शब्दहरु लेखेका छन् ।

यस्तो छ गीतको एक हरफ

तिमी मेरो लागि खाली मृगतृष्णा, यो थाहा छ नी मलाई,
तैपनी यो मन एकोहोरिएर खोजीरहन्छ तिमीलाई !!
तिमी हौ एक मिठो सपना, तिमी मिठो सपनाझैं प्यारो,
तर सपना जति नै टाढा, निकै गाढा, धेरै टाढा छौ तिमी !!!

युवराज हुमागाईं, रामप्रसाद हुमागाईं र मित्रनाथ योगीले खिचेको भिडियोलाई हरी हुमागाईंले सम्पादन गरेका हुन् । यो भिडियो मदनकृष्णकी छोरी सरानाको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतको भिडियोले निकै मिठो प्रतिक्रिया पाइरहेको छ ।

Logo