‘अरुणा लामा-तारादेवी स्मृति साँझ’ शनिबार

‘अरुणा लामा-तारादेवी स्मृति साँझ’ शनिबार

केन्द्रबिन्दु
0
Shares

पोखरा । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको अवसरमा भोलि ‘अरुणा लामा–तारादेवी स्मृति साँझ’ कार्यक्रम हुने भएको छ ।

हार्मोनी पोखरा र एभरेस्ट एफएम ९३ मेगाहर्जको आयोजनामा भोलि पोखरामा अरुणा लामा–तारादेवी स्मृति साँझ २०८० कार्यक्रम आयोजना हुने भएको हो । डिजिटल साउण्ड एण्ड भिजन न्यूरोड र रुपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्रपुलको सहकार्यमा हुने कार्यक्रम पोखरा–९ न्यूरोड संगम मार्गस्थित माछापुच्छे बैंक्यूट(सरांगकोट एफ एम) छेउमा हुने कार्यक्रम संयोजक दीपेन्द्र श्रेष्ठले जानकारी दिए ।

अपराह्न ५.३० बजेदेखि (ठिक) शुरु हुने कार्यक्रम साँझ ७.३० बजेसम्म चल्नेछ । स्वर साम्राज्ञी अरुणा लामा र तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर स्वर साम्राज्ञी अरुणा लामा र कालजयी स्वरकी धनी तारादेवीलाई हार्मोनीका कलाकारहरुले उनीहरुकै गीत गाएर ट्रिब्यूट दिनेछन् ।

साहित्यकार, गीतकार, निर्देशक तथा कलाकारिताका अन्वेषक कबि प्रकाश सायमीले नेपाली सुगम संगीत, स्वर्गिय कलाकारद्वय अरुणा लामा र तारादेवीको जीवनी र उनीहरुका ‘अनटोल्ड स्टोरी’ सहित स्मृति प्रबचनबाट कार्यक्रमको शुरुवात गर्नेछन् । त्यसपछि पोखरेली महिला कलाकारहरुले अरुणा लामा र तारादेवीका डेढ दर्जन गीत प्रस्तुत गर्ने श्रेष्ठले बताए ।

Logo