मुनव्वर फारुकी बने बिगबोस-१७ को विजेता

मुनव्वर फारुकी बने बिगबोस-१७ को विजेता

केन्द्रबिन्दु
0
Shares

मुम्बई । विवादास्पद रियालिटी शो ‘बिगबोस १७’को उपाधि मुनव्वर फारुकीले जितेका छन्। ‘लकअप सिजन १’ पछि मुनव्वरले यो अर्को ठूलो उपाधि जितेका हुन्।

‘बिगबोस १७’ को उत्कृष्ट पाँचमा अंकिता लोखण्डे, मुनव्वर फारुकी, अभिषेक कुमार, मन्नारा चोपडा र अरुण माशेट्टी पुगेका थिए। तर फिनालेमा एक–एक प्रतियोगी शोबाट बाहिरिएपछि अन्तिममा अभिषेक कुमार र मुनव्वर मात्र थिए।

मुनव्वरले एक ट्रफीसँगै ५० लाख रुपैंयाँ र हुण्डाईको क्रेटा कार पाएका छन्। उनको जितसँगै सामाजिक सञ्जालमा उनलाई बधाई दिनेको ओइरो लागेको छ। ट्वीटरमा लगातार मुनब्बरको नाम ट्रेन्डिङ भइरहेको छ।

मुन्नव्वर प्रख्यात स्टेण्डअप कमेडियन हुन्। उनी आफ्नो शायरीले दर्शकको मन जित्दै आएका छन्। उनको स्टेण्डअप कमेडीलाई दर्शकले यति धेरै मन पराउँछन् कि उनका हरेक शो हाउसफूल हुन्छन्।

मुनव्वर ‘बिगबोस १७’ अघि कंगना रनावतको शो ‘लकअप सिजन १’मा देखिएका थिए । उनका हरेक खेल दर्शकले मनपराएका थिए। यो शो पनि उनले जितेपछि उनको लोकप्रियता थप बढेको थियो। त्यसो त उनी विवादमा आइरहने कमेडियन पनि हुन्।

परिवारको आर्थिक अवस्था कमजोर भएपछि मुनव्वरले परिवार पाल्नकै लागि समोसा बेच्ने काम गरे। इन्दोरका उनले सन् २००७ मा मुम्बई आएपछि भाडाको दोकानमा काम गरे। यो काम गर्दा उनले ६० रुपैंयाँ मात्र ज्याला पाउँथे।

यसबाहेक उनले ग्राफिक डिजाइनरको पनि काम गरे। सन् २०१७ मा ओटिटी प्लेटफर्म आएपछि उनलाई कमेडी शोको बारेमा थाहा भयो। त्यसपछि उनले ‘दोध दह्यो’ नाम कमेडी शो चलाए। यो शो यति लोकप्रिय भयो कि त्यसपछि उनले पछाडि फर्केर हेर्नु परेन।

Logo