बलिउडः निर्देशक सिद्धार्थ भन्छन्- ‘फाइटर २ का केही राम्रा आइडिया छन्’

बलिउडः निर्देशक सिद्धार्थ भन्छन्- ‘फाइटर २ का केही राम्रा आइडिया छन्’

केन्द्रबिन्दु
0
Shares

मुम्बई। ऋतिक रोशन र दीपिका पादुकोणको अभिनय रहेको फिल्म ‘फाइटर’ गत जनवरी २५ मा रिलिज भयो। यो फिल्मले दर्शकबाट राम्रै प्रतिक्रिया पाइरहेको छ। फिल्मले रिलिजको चार दिनमा सय करोडको आँकडा पार गरिसकेको छ। दर्शकले फिल्मको सिक्वेलको माग उत्तिकै गरिरहेका छन्।

फिल्मका निर्देशक सिद्धार्थ आनन्दले मनमा केही डर राख्दै सिक्वेलको संकेत दिएका छन्। ‘म यसको दोस्रो भाग बनाउन डराइरहेको छु। मैले हालसम्म कुनै फिल्मको सिक्वेल बनाएको छैन। किनकी म सिक्वेलबाट टाढिन चाहन्छु। अब दर्शकको मायाले के गर्न सकिन्छ भन्ने निश्चित गर्छ। यद्दपि फिल्म रिलिजको हाल चार दिन मात्र भएको छ। मसँग ‘फाइटर २’का लागि केही राम्रा आइडिया छन्, जसलाई म पेनडाउन गर्न चाहन्छु’, उनले भनेका छन्।

उनले तत्कालका लागि सिक्वेल बनाउन आफू उत्साहित नभएको खुलाएका छन्। ‘किनकी म नयाँ भूमिका र नयाँ कथामा फिल्म बनाउन चाहन्छु। सिक्वेल एक निश्चित मात्रामा कम्फर्ट जोन हुन्छ र एक निर्देशक पुरानो सम्झनामा भरोसा गर्न सुरु गर्छ। यसो गर्दा उसलाई डर पनि उत्तिकै हुन्छ। तर म त्यो जोनमा आउन चाहन्नँ’, सिद्धार्थले भनेका छन्।

‘फाइटर’ले पहिलो दिनमा भारतमा २२ करोडको कलेक्सन गरेको थियो। फिल्मले दोस्रो दिनमा ३९ दशमलब ५ करोड, तेस्रो दिनमा २७ दशमलब ५ करोड र चौथो दिनमा २८ दमलब ५० करोडको कमाई गरेको थियो। यसको कुल कलेक्सन १ सय १८ करोड रुपैंयाँ भइसकेको छ।

फिल्ममा अनिल कपूर, करण सिंह ग्रोवरको पनि अभिनय छ। सिद्दार्थले ऋतिकको फिल्म ‘वार’ निर्देशन गरेका थिए।
‘वार’को सिक्वेलको तयारी भइरहेको छ। सिक्वेलमा सिद्धार्थको निर्देशन भने हुने छैन। अयान मुखर्जीले निर्देशन गर्ने सिक्वेलमा जुनियर एनटीआर, कियारा आडवाणी र ऋतिकको अभिनय रहनेछ ।

Logo