एमएसएमलाई ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार

एमएसएमलाई ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फिल्म ‘पुजार सार्की’को अन्तर्राष्ट्रिय वितरण अधिकार एमएसएस इन्टरटेनमेन्टले लिएको छ । यो कम्पनीले नेपालबाहेकको थिएट्रिकल अधिकार आफूले लिएको हो ।

फिल्मका निर्देशक दिनेश राउतले फिल्मको फस्टलुक सार्वजनिक हुनासाथ चर्चा पाएपछि कम्पनीले राम्रो मूल्यमा वितरण अधिकार लिएको बताए । तर कति रकममा सम्झौता भएको हो भन्ने उनले खुलाएनन् ।

फिल्ममा आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहको अभिनय हुनेछ । फिल्ममा अभिनेत्रीका रुपमा अञ्जना बराइली र परीक्षा लिम्बु छन् । फिल्मको छायांकन मंगलबारदेखि कास्कीका कास्कीकोट गाउँबाट सुरु हुँदैछ । निर्देशक राउतका अनुसार फिल्मले जातीय विभेदविरुद्ध समाजका तीन पात्रले गर्ने संघर्षलाई देखाउनेछ । फिल्ममा विकास सुवेदीको लेखन छ ।

फिल्ममा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय हुनेछ ।

Logo