नेपाल चिनाउन अष्ट्रेलियामा ‘चित्रा’को रेड कार्पेट प्रिमियर

नेपाल चिनाउन अष्ट्रेलियामा ‘चित्रा’को रेड कार्पेट प्रिमियर

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । गत पौष २७ गते नेपालमा रिलिज भएको फिल्म ‘चित्रा’को अष्ट्रेलियामा रेड कार्पेट प्रिमियर हुने भएको छ ।

बाबुछोरीको पारिवारिक कथा बोकेको फिल्म आगामी फेब्रुअरी ९ मा अष्ट्रेलियाको तासमानिया राज्यको भिलेज सिनेमाज इस्टल्यान्डस, रोसनी पार्कमा प्रिमियर हुन लागेको हो ।

फिल्मका निर्माता तथा अभिनेता सन्तोष अधिकारीका अनुसार अष्ट्रेलिया प्रिमियरमा सो शहरका मेयरसहित केही कलाकारहरु सहभागी हुनेछन् । प्रिमियरको टिकटदर ३० अष्ट्रेलियन डलर तोकिएको छ । तास्मानियामा नेपालीसहित नेपाली भाषी भुटानीको उल्लेख्य बसोबास छ ।

घनश्याम लामिछाने निर्देशित फिल्ममा सन्तोषका अलावा प्रमोद अग्रहरी, अर्पण थापा, मेनुका प्रधान, शुभेच्छा खड्का, प्रकाश घिमिरे, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, कुमार गुरुङ, उज्ज्वल ढकालको अभिनय छ ।

महेश पौडेलको छायांकन रहेको फिल्ममा राजनराज सिवाकोटीको संगीत छ भने मनिष गौतमको पटकथा एवं संवाद लेखन छ । फिल्मका निर्माता आशिष थापा मगर हुन् भने सन्तोष अधिकारी कार्यकारी निर्मातामा रहेका छन् । फिल्मको एसोसिएट निर्मातामा राज श्रेष्ठ छन् । फिल्ममा बनिश शाह र सन्देश शाहको संयूक्त सम्पादन रहेको छ ।

Logo