‘हात्तीछाप’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने

‘हात्तीछाप’ नेपालसहित विश्वभर एकसाथ रिलिज हुने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । फिल्म ‘हात्तीछाप’ नेपालसहित विश्वभर यही माघ २६ गतेबाट एकसाथ रिलिज हुने भएको छ ।

फिल्मको अन्तर्राष्ट्रिय वितरणको जिम्मा लिएको एमएसएम इन्टरटेन्मेन्टले माघको २६ अर्थात फ्रेबुअरी ९ तारिखबाट नै विश्वभर रिलिज हुने जानकारी दिएको हो । फिल्मलाई अष्ट्रेलियामा एमएसएम इन्टरटेन्मेन्ट र रोटेपिङ इन्टरटेन्मेन्टले मिलेर फिल्म रिलिज गर्दैछन् । अमेरिका र क्यानडामा यात्री डिजिटलले रिलिज गर्दैछ । यूरोपका सम्पूर्ण देशमा फिल्मलाई नेपाली मुभी टाइम डेनमार्कले रिलिज गर्ने पक्का भएको छ ।

मध्यपूर्वका देशमा फिल्मलाई सुप्रिम फिल्म प्रोडक्शन एन्ड डिस्ट्रिब्यूसन कम्पनीले रिलिज गर्ने पक्का भइसकेको छ । दक्षिण कोरिया र जापानमा फिल्मलाई यूएनए इन्टरटेन्मेन्टले रिलिज गर्दैछ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको फिल्ममा किरण नेपालीको प्रस्तुती छ । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, बेनिशा हमाल, बिजय बराल, वुद्धि तामाङ, विल्सन विक्रम राईलगायतका कलाकारको अभिनय छ ।

Logo