नीताको फिल्म ‘ह्रस्वदीर्घ’काे रिलिज मिति ताेकियाे, पण्डित अवतारमा देखिए ब्रह्मानन्दम

नीताको फिल्म ‘ह्रस्वदीर्घ’काे रिलिज मिति ताेकियाे, पण्डित अवतारमा देखिए ब्रह्मानन्दम

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । अभिनेत्री नीता ढुंगानाकाे इन्डो–नेपाली फिल्म ‘ह्रस्व दीर्घ’को फस्टलुक सार्वजनिक गरिएको छ ।

दक्षिण भारतीय फिल्मका प्रख्यात कमेडियन ब्रह्मानन्दमको जन्मदिनको अवसर पारेर उनको सोलो फस्टलुक सार्वजनिक गरिएकाे हो । फस्टलुकमा शिरमा ढाकाटोपी, निधारमा चन्दन लगाएका ब्रह्मानन्दमलाई अचम्मित र हाँसेको देख्न सकिन्छ ।

पोष्टर सार्वजनिक संगै चलचित्रको रिलिज मिति पनि तय गरिएको छ। आगामी वर्षको दशैँलक्षित गरेर असोज ११ गतेलाई चलचित्रको रिलिज मिति तय गरिएको हाे।

चन्द्र पन्तको निर्देशनमा तयार भएको नीता ढुंगाना र ज्योतिष समेत रहेका हरिहर अधिकारीको ड्रिम प्रोजेक्ट कलाकारको कारण नै चर्चामा रहेको छ । यो चलचित्रमा भारतीय र नेपाली स्टार कलाकारको जम्बो टोली रहेको छ । चलचित्रमा साउथबाट ब्रह्मानन्दमसँगै चलचित्र ‘पुष्पा’का ‘सिनुभाई’ अर्थात सुनिल वर्मा, ‘गजिनी’ का भिलेन प्रदीपराज रावत र दक्षिण भारतीय कमेडियन अलीको अभिनय छ ।

नेपाली चलचित्र क्षेत्रबाट नीता र हरिहरका अलावा विपना थापा, सञ्चिता लुईँटेल, प्रशान्त ताम्राकार, किरण केसी, बुद्धि तामाङ, गरिमा शर्मा लगायतको अभिनय रहेको छ। हरिहर आफैंले कथा लेखेको चलचित्र भारत र नेपालमा गरी दुई चरणमा छायांकन भएको थियो ।

भारतका छायांकार कवीरलालले खिचेको चलचित्रको बजेट ४ करोड माथि पुगेको बताइएको छ । नेपालीसँगै यो फिल्मको प्रदर्शन भारतका क्षेत्रीय भाषामा समेत हुने जनाइएको छ । हिन्दी संस्करण भने ओटीटी प्लेटफर्ममा मात्र स्ट्रिमिङ हुने जनाइएको छ ।

Logo