‘स्क्विड गेम’ अभिनेतालाई एक वर्षको जेल सजाय

‘स्क्विड गेम’ अभिनेतालाई एक वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

सोल । सन् २०२१ मा रिलिज वेब सिरिज ‘स्क्विड गेम’मा प्लेयर नम्बर ००१ को भूमिकामा अभियन गर्ने अभिनेता ओ येओङ–सुलाई एक वर्षको जेल सजाय सुनाइएको छ । उनीमाथि एक महिलाले यौन दुव्यर्वहारको आरोप लगाउँदै उजुरी दिएपछि अदालतले एक वर्षको जेल सजाय सुनाएको हो ।

सिरिजमा येओङ एक सोझो र लाचार भूमिकामा देखिएका थिए । तर उनी यो हिंस्रक खेलमा महत्वपूर्ण भूमिकामा थिए । उक्त शोपछि उनीमाथि यौन दुव्यर्वहारको उजुरी परेको थियो । येओङ एक व्यापारी हुन् । उनले नै ‘स्क्विड गेम’को निर्माण र होस्ट गरेका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गत फेब्रुअरी २ मा उनको मुद्दामा फाइल ट्रायल भएको थियो । स्वोन जिल्ला प्रसिक्यूटर कार्यालयका सेओङगनाम ब्राचले युओङका लागि एक वर्ष जेल सजाय र काम गर्न रोक लगाएको छ । यद्यपि येओङले आफूले पीडितलाई छोरीसरह व्यवहार गरेको दाबी गरेका छन् ।

‘यो उमेरमा अदालतमा उभिनु निकै दर्दनाक र कठिन हुन्छ । यो दुःखको कुरा हो कि मेरो जीवनको अन्तिम अध्याय यसरी सकियो, जसकारण मेरो पूरा जीवन बिग्रियो’, येओङले भनेका छन् । उनका वकिलले पीडितका साक्षी र बयानमा प्रमाणको कमी रहेको दाबी गरेका छन् ।

महिला आरोपीका अनुसार सन् २०१७ मा हाइकिङका समयमा येओङले उनलाई गलत तरिकाले छोएका थिए । यतिमात्र होइन उनीमाथि जबरदस्ती अंकमाल गर्न खोजेका थिए । आरोपीले पीडकले आफूलाई जबरदस्ती चुम्बन गर्न खोजेको पनि दाबी गरेकी छन् ।

घटनापछि येओङले आफूलाई मोबाइलमा माफी मागेको र आफूलाई छोरी सरह भनेको पीडित महिलाले खुलाएकी छन् । यो मामलाको आगामी सुनुवाई २०२४ को मार्चमा पुनः हुनेछ । (नवभारत टाइम्स)

Logo