चलचित्र ‘रुखान’ को फस्टलुक सार्वजनिक

चलचित्र ‘रुखान’ को फस्टलुक सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । निर्देशक सबिर श्रेष्ठको निर्देशनमा नयाँ फिल्म ‘रुखान’बन्ने भएको छ । रुखान बनाउने घोषणा सँगै फिल्म नेपाली, अङ्ग्रेजी, हिन्दी र भोजपुरी गरी भाषामा निर्माण गरिने उनले बताएका छन् ।

फिल्म घोषणासँगै फस्टलुक पनि सार्वजनिक गरिएको छ । फस्टलुकमा एक महिला न्यायका लागि मुठ्ठी कसेर विद्रोहमा उत्रिएको देखिन्छ । यस्तै, मुखमा अक्सिजन लगाएर उपाचार गराइरहेका एक युवालाई पनि पोस्टरमा देखाइएको छ । फिल्मको फस्टलुकमा ‘न्याय देउ’ भनेर लेखिएको छ । पोस्टरमा आन्दोलनको झलक दिने तस्विरसमेत राखिएको छ ।

कृष्ण थापा (अष्ट्रेलिया) र सुरेश गुरुङको निर्माणमा बन्ने यो फिल्ममा डा. रुपक घिमिरेको कथा, सबिन श्रेष्ठको कार्यकारी निर्माण, अर्जुन पोखरेलको संगीत र अभिमन्यू निरवीको पटकथा तथा संवाद रहनेछ ।

फिल्म सबिन फिल्मस्, भिक्टोरी प्रोडक्शन हाउस प्रालि र काइट्स इन्टरटेन्मेन्टको व्यानरमा निर्माण हुन लागेको हो । फिल्म निर्माणमा आवरण स्किन एण्ड हेयर क्लिनिकले पनि सहकार्य गरेको छ ।

निर्देशक सबिरले ‘रुखान’ महिला संघर्षका कथा रहेको बताए । ‘यो कथाबाट हामीले सिंगो देशका नागरिकहरुको समस्यालाई भन्ने प्रयास गर्नेछौं’ उनले भने ।

सबिरका अनुसार फिल्मको प्रमुख पात्रमा महिला कलाकार हुनेछिन् । तर,मुख्य पात्र र अन्य कलाकारको छनोटको क्रम जारी रहेको सबिरले जानकारी दिए ।

Logo