‘सिटामोल’मा जनयुद्धका घाइते बने ‘सौगात’

‘सिटामोल’मा जनयुद्धका घाइते बने ‘सौगात’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । माओवादी जनयुद्धको कथामा आधारित रहेर निर्माण भइरहेको फिल्म ‘सिटामोल’को यतिबेला सिन्धुलीमा धमाधम छायांकन भइहेको छ ।

राजबहादुर साने निर्देशित फिल्मको ५० प्रतिशत छायांकनको काम सकिएकाे छ । फिल्ममा अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमाल प्रमुख भूमिकामा छन् । निर्माण टिमले दुवैको फिल्मी लुक्स सार्वजनिक गरेको छ ।

सार्वजनिक लुक्समा अभिनेता सौगात वैशाखी र भाले बोकेका छन् भने बेनिशाले बच्चा बोकेकी छन् । फिल्ममा सौगात माओवादी जनयुद्धका घाइतेको भूमिकामा देखिने निर्माण पक्षले जनाएको छ ।

फिल्ममा लोकेन्द्र लेखकको पनि अभिनय छ । बाबुल गिरीको संगीत रहेको फिल्ममा दिव्य सुवेदीको छायांकन छ । फिल्ममा रमेश वन गोसाईं र श्याम थापाको लगानी छ ।

Logo