दक्षिण कोरियामा गुञ्जँदै मंगोलियन हार्ट

दक्षिण कोरियामा गुञ्जँदै मंगोलियन हार्ट

केन्द्रबिन्दु
70
Shares

काठमाडौं । नेपालको पुरानो ब्याण्ड ‘मंगोलियन हार्ट’ले पाँच वर्षपछि दक्षिण कोरियामा कन्सर्ट गर्ने भएको छ। गत अप्रिलमा १० वर्षपछि अष्ट्रेलियामा सांगीतिक यात्रा गरेको ब्याण्डले अब दक्षिण कोरियाका नेपालीमाझ आफ्नो गीत सुनाउन लागेको हो।

ब्याण्डका मेनेजर एवम् गितारिष्ट बबी लामाले आगामी शुक्रबार दक्षिण कोरियाको सियोलको छोहरा ओगमामा रहेको डोँगदे मुनमा सांगीतिक प्रस्तुती दिन लागेको बताए। नेपाल कोरिया कल्चरल एक्सचेन्ज एशोसिएसनको आयोजनामा हुने कन्सर्टमा ब्याण्डका प्रमुख गायक राजु लामाको आफ्ना पुराना चर्चित र नयाँ गीतहरु सुनाउनेछन्।

‘पाँच वर्षपछि दक्षिण कोरिया जान पाउँदा हामी उत्साहित छौं । त्यहाँ दर्शकलाई पक्कै केही सरप्राइज दिनेछौं,’ म्यानेजर लामाले भने । ३२ वर्षअघि सन् १९९२ मा स्थापना भएको यो ब्याण्डका लोक, स्लो रक, पप मेलोडी संगीत दर्शकमाझ लोकप्रिय छ।

ब्याण्डमा रिदम गीतारमा बबी लामा, ड्रममा सन्तोष थापा मगर, लिड गीतारमा भुपेन्द्र बज्राचार्य, बेसमा पवन कपाली, बाँसुरीमा विनय महर्जन र मादलमा बाबुराजा महर्जन छन्। ब्याण्डका ‘बाँदलपारीको देशबाट’, ‘म माया लाउँदिन’, ‘हल्ला चलेछ’, ‘तिमीलाई देखेर’, ‘पर्खाइमा’, ‘सायद तिम्रो बाटोमा’, ‘उँभो उँभो खासा’ जस्ता गीत लोकप्रिय छन्।

Logo