सोनम भन्छन्- ‘३ इडियट्सको रेन्चोसँग म कनेक्ट छैन’

सोनम भन्छन्- ‘३ इडियट्सको रेन्चोसँग म कनेक्ट छैन’

केन्द्रबिन्दु
84
Shares

मुम्बई (आजतक)। बलिउड अभिनेता आमिर खानको फिल्म ‘३ इडियट्स’ आइकोनिक फिल्ममध्ये एकमा पर्दछ । विद्यार्थीको जीवनमा आधारित रहेर निर्माण गरिएको यो फिल्म भारतमा मात्र नभई विश्वभरका दर्शकले मन पराएका थिए ।

खास गरी चीन र दक्षिण कोरियामा आमिरको यो फिल्मलाई धेरै मन पराइएको थियो । फिल्ममा आमिरको प्रमुख भूमिका ‘रेन्चो’ आज पनि दर्शकको प्रिय छ । यो भूमिका वास्तविक जीवनका इञ्जिनियर, इनोभेटर र शिक्षामा बदलावका लागि काम गरिरहेका सोनम वांगचुकमा आधारित छ ।

रेन्चो त बिना शंका भारतीय फिल्मका सबैभन्दा आइकोनिक भूमिकामध्ये एक हुन्, तर के सोनमलाई पनि यो भूमिका त्यतिकै मनपर्छ त ? हालै एक अन्तरवार्तामा सोनमले यो बारेमा खुलासा गरेका छन्। उनले आफूले फिल्म हेरेको र यसले दिएको सन्देश आफूलाई मनपरेको खुलाएका छन्। उनले आफू फिल्मको पात्रसँग ‘कनेक्ट’ नभएको बताएका छन्। उनले यसको कारण पनि दिएका छन्।

‘म त के भनुँ, अरु कसैले भन्यो कि म फिल्ममा देखाइएको पात्रभन्दा धेरै सुन्दर छु। म कसरी उनीहरुसँग जोडिन सक्छु’, उनले भनेका छन्। राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘३ इडियट्स’ सन् २००९ मा रिलिज भएको थियो। विधु विनोद चोपडाको प्रोडक्सनमा बनेको यो फिल्ममा आमिरका अलावा आर माधवन, शरमन जोशी र करिना कपुरको पनि अभिनय थियो।

Logo