रोमान्टिक अभिनय गर्न चाहन्छन् आमिर खान

रोमान्टिक अभिनय गर्न चाहन्छन् आमिर खान

केन्द्रबिन्दु
70
Shares

मुम्बई। बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘३ इडिट्यस’ भारतकै आइकोनिक फिल्ममध्येमा पर्दछ। फिल्ममा आमिरले एक इञ्जिनियरिङ विद्यार्थीको भूमिका निभाएका थिए। जसको उमेर २० वर्ष हाराहारीको थियो। जबकी यो समयमा आमिरको उमेर ४४ वर्षको थियो।

उनको यो परिवर्तनको निकै चर्चा भयो र फिल्ममा उनको भूमिका कतै बाट पनि उनको वास्तविक उमेरसँग नजिक देखिएको थिएन। बलिउड अभिनेताहरु फिल्मी पर्दामा वास्तविक उमेरभन्दा निकै कम उमेरको भूमिकामा देखिन्छन्।

तर ‘३ इडियट्स’मा आमिरको कलेज विद्यार्थी बन्नु एक निकै अलग थियो, तर आमिर अब भने युवा उमेरको चरित्रमा नदेखिने बताउँछन्। यद्यपि उनी पर्दामा रोमान्स गर्नका लागि इच्छुक छन्,तर उनी आफ्नो उमेरलाई सुहाउँदो कथा चाहिने सर्त राख्छन्।

हालैमात्र एक कार्यक्रममा पुगेका आमिरले फिल्ममा रोमान्स गर्ने कुरालाई लिएर चाखलाग्दो जवाफ दिएका छन्। आमिरलाई ‘तपाईं रोमान्टिक फिल्ममा काम गर्नुहुन्छ या हुन्न ?’भनेर सोधिएको थियो। ‘यदि रोमान्टिक कथा छ भने अवश्य पनि। यो उमेरमा रोमान्स थोरै सामान्य हुँदैन। कथाका हिसाबले यदि म चरित्रमा फिट भएँ भने किन गर्न चाहन्नँ र’, उनले भनेका छन्।

उनले आफ्नो उमेरलाई सुहाउँदो चरित्र छ भने आफू रोमान्टिक कथामा अभिनय गर्न चाहेको खुलाएका छन्। ‘म हरेक जनराका फिल्म गर्न चाहन्छु, तर उमेरको हिसाबले थोरै सुहाउँदो चाहियो। अचानक म १८ वर्षको हुनुपर्यो भने म त्यस्तो चरित्रमा गर्न चाहन्नँ’, उनले कारण खुलाएका छन्।

आमिरको कुरा गर्दा उनी सन् २०२२ मा रिलिज फिल्म ‘लाल सिंह चड्डा’ पछि ‘ब्रेक’मा छन्। यो फिल्म हलिउडको ‘ओस्कार अवार्ड’ विजेता फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक थियो। यसअघि उनको फिल्म ‘ठग्स अफ हिन्दुस्तान’ पनि बक्सअफिसमा पूर्ण रुपमा फ्लप भएको थियो।

Logo