‘सिटामोल’ को छायांकन सिन्धुलीमा, सौगात र बेनिशाको लुक्स सार्वजनिक

‘सिटामोल’ को छायांकन सिन्धुलीमा, सौगात र बेनिशाको लुक्स सार्वजनिक

केन्द्रबिन्दु
294
Shares

काठमाडौं। राज बहादुर सानेको निर्देशनमा निर्माण भइरहेको सिनेमा ‘सिटामोल’को छायांकन अहिले धमाधम सिन्धुलीमा भइरहेको छ । निर्माण टिमले दिएको जानकारी अनुसार अहिलेसम्म सिनेमाको करिब ५० प्रतिशत छायांकन सकिएको हो।

सिनेमाको छायांकन निकै राम्रो र रमाइलो भएको भन्दै निर्देशक राज बहादुर सानेले खुशी व्यक्त गरेका छन्। अहिलेकै स्पिडमा काम भएको खण्डमा काम तीजमा रिलिज टार्गेट राखिएको निर्देशक साने बताउँछन्। विगत एक हप्तादेखि भइरहेको छायांकनको सेटबाट अभिनेता सौगात मल्ल र अभिनेत्री बेनिशा हमालको लुक्स सार्वजनिक भएको छ।

सार्वजनिक लुक्समा अभिनेता मल्ललाई हातमा बैसाखी र भाले बोकेर बेनिशासँग उभिएका छन्, भने बेनिशाले बच्चा बोकेकी छन्। यो तस्बिरबाट सिनेमामा उनीहरू श्रीमान्-श्रीमतीको रूपमा प्रस्तुत भएको बुझ्न सकिन्छ। माओवादी जनयुद्धको कथा सिनेमाले उठान गरेको बुझिएको छ। सार्वजनिक लुक्सबाट सौगातलाई जनयुद्धको घाइतेको रूपमा हुनसक्ने बुझिन्छ।

सिनेमामा उनीहरूका अलावा लोकेन्द्र लेखक पनि मुख्य भूमिकामा काम गरेका छन्। बाबुल गिरीको संगीत रहेको सिनेमालाई दिव्य सुवेदीले खिचिरहेका छन्। सिनेमामा भूगोल कुमार कार्की निर्माता, रामचन्द्र उपाध्याय, अप्सरा नेपाली, गंगाराम श्रेष्ठ, अजय कुमार बिक र कुमार केसी कार्यकारी निर्माता रहेका छन्।

Logo