विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

विवाहको १२ वर्षपछि अलग भए इशा र भरत

केन्द्रबिन्दु
714
Shares

काठमाडौँ । बलिउड अभिनेत्री हेमा मालिनी र अभिनेता धर्मेन्द्रकी जेठी छोरी इशा देओलको व्यक्तिगत जीवन एक महिना यता चर्चाको विषय बनेको छ । इशाको १२ वर्षे वैवाहिक जीवन टुंगिने चर्चा परिचर्चा भइरहँदा उक्त चर्चाले आधिकारिकता पाएको छ।

मंगलबार इशा र उनका पति भरत तख्तानीले संयुक्त रुपमा एक विज्ञप्ती जारी गर्दै आपसी सहमतिमा वैवाहिक जीवन टुंग्याएको बताएका छन्। ‘हामी आपसी सहमतिबाट अलग हुने निर्णय लिएका छौं। हाम्रो जीवनमा यो परिवर्तनको माध्यमले हाम्रो सन्तानको सर्वोत्तम हित र कल्याण हाम्रा लागि महत्वपूर्ण छ र हुनेछ। हामी यो कुराको सराहना गर्नेछौं कि हाम्रो गोपनियताको सम्मान गरिनेछ’, विज्ञप्तीमा भनिएको छ।

इशा र भरतले सन् २०१२ मा विवाह गरेका थिए। यो जोडीको दुई छोरी राध्या र मियारा छन्। राध्या सन् २०१७ मा र मियारा सन् २०१९ मा जन्मिएका हुन्। इशा पछिल्लो केही समय यता अभिनयबाट टाढा छिन्। यद्यपि उनले लामो समयपछि ओटिटीमार्फत कमव्याक गरेकी छन्। उनले अभिनय गरेको फिल्म ‘एक दुआ’ले ६९ औं नेशनल अवार्डमा फिचर विधामा स्पेशल मेन्सन अवार्ड पाएको थियो।

Logo