अडिसन दिएका पति आमिरलाई किन लिइनन् किरण रावले फिल्ममा, गरिन् खुलासा

अडिसन दिएका पति आमिरलाई किन लिइनन् किरण रावले फिल्ममा, गरिन् खुलासा

केन्द्रबिन्दु
266
Shares

मुम्बई। किरण राव निर्देशित ‘मिसिंग लेडीज’ को फ्यानहरु उत्सुकताका साथ पर्खिरहेका छन्। किरण राव र आमिर खान दुवै अहिले फिल्मको प्रमोशनमा व्यस्त छन्। उनले प्रमोशनका क्रममा फिल्मसँग सम्बन्धित धेरै गोप्य खुलासा गरेको देखिन्छ।

अब किरण रावले आफ्नो पूर्व पति आमिर खानले फिल्ममा रवि किशनको भूमिकाका लागि अडिसन दिएको खुलासा गरेकी छन्। तर, किरणले उनलाई यो भूमिकाका लागि कास्ट गर्न अस्वीकार गरिन्। किरणले आमिरलाई कास्ट नगर्नुको कारण पनि बताएकी छिन्।

भारतीय सञ्चारमाध्यमका अनुसार किरण रावले फिल्मको कास्टिङबारे कुरा गर्दै आमिरलाई अस्विकार गरेको खुलासा गरेकी छिन्। उनका अनुसार अमिरलाई फिल्मको कथा मन परेको र फिल्ममा कास्ट गर्न चाहेको बताएका थिए। किरणले भने, ‘आमिरलाई यो क्यारेक्टर निकै मन परेको थियो र उनले यसको लागि अडिसन पनि दिए। तर,उनी स्टार भएकाले यो क्यारेक्टर निर्वाह गरेमा त्यो पात्रबाट धेरै आशा पलाउला भन्ने लाग्यो। आमिरले क्यारेक्टरमा स्टार ब्यागेज ल्याउने छन्।’

किरणले अगाडी भनिन्,‘हामीलाई यो क्यारेक्टरका लागि उपयुक्त व्यक्ति चाहिएको थियो। त्यसका लागि रवि किशन उत्कृष्ट छन्। मलाई लाग्छ उहाँ भन्दा राम्रो कोही हुन सक्दैन, त्यसैले अमिरलाई हामीले लिएनौँ।’

मिसिङ लेडीजको कुरा गर्दा नितान्शी गोयल, प्रतिभा रन्त, स्पर्श श्रीवास्तव र छाया कदम मुख्य भूमिकामा देखिनेछन्। यो फिल्म टोरन्टो इन्टरनेशनल फिल्म फेस्टिभलमा प्रदर्शन गरिएको थियो र यसले स्ट्यान्डिङ ओभेसन पाएको थियो। अब यो फिल्म १ मार्चबाट हलमा रिलिज हुँदैछ। यो फिल्मलाई किरण रावले निर्देशन गरेका हुन्।

चलचित्रको कथाको कुरा गर्दा यो दुलही परिवर्तनको कथा हो। बेहुलाले अर्कैसँग बिहे गर्छ र अर्को बेहुली पनि उसको साथमा घर आउँछ। यो आदानप्रदान ट्रेनमा हुन्छ। त्यसपछि प्रहरी भित्रिन्छ। अब प्रहरीले असली दुलही फेला पार्न सक्छ कि सक्दैन भनेर फिल्मको प्रतिक्षा गर्नुपर्नेछ।

Logo