‘द केरला स्टोरी’ ओटीटीमा रिलिज हुँदै, १६ फेब्रुअरीमा हेर्न सकिने

‘द केरला स्टोरी’ ओटीटीमा रिलिज हुँदै, १६ फेब्रुअरीमा हेर्न सकिने

केन्द्रबिन्दु
84
Shares

मुम्बई। अदा शर्माको फिल्म द केरला स्टोरी रिलिज हुनेबित्तिकै विवादमा परेको थियो। विवादमा परे पनि आदा शर्माको द केरला स्टोरी बक्स अफिसमा हिट साबित भयो।

बक्स अफिसमा उत्कृष्ट कलेक्सन गरेपछि फ्यानहरू फिल्मको ओटीटी रिलिजको उत्सुकताका साथ पर्खिरहेका थिए। द केरला स्टोरी रिलिज भएको ९ महिनाभन्दा बढी भइसक्यो तर फिल्म ओटीटीमा रिलिज भएको छैन।

अब अन्ततः ९ महिनाको प्रतिक्षापछि द केरला स्टोरी ओटीटीमा रिलिज हुन लागेको छ। अदाले सामाजिक सञ्जालमा एक पोस्ट सेयर गरेर यो जानकारी दिएकी हुन्। अदा शर्माले सामाजिक सञ्जालमा पोस्ट सेयर गरेर आफ्ना फ्यानहरूलाई चकित पारिन्। अदाले फिल्मको ओटीटी रिलिजको प्रोमो सेयर गरेकी छिन्। पोस्ट सेयर गर्दै उनले लेखेका छन्, ‘अन्तमा… सरप्राइज बहुप्रतिक्षित फिल्म ओटीटीमा चाँडै आउँदैछ। केरला स्टोरी १६ फेब्रुअरीमा जि ५ मा प्रिमियर हुनेछ।’

अदाको पोस्ट हेरेपछि फ्यानहरु निकै उत्साहित भएका छन्। अहिले उनी फिल्म रिलिजको पर्खाइमा छन्। अदाको पोष्टमा एक फ्यानले लेखेका छन्,‘तपाईँले यो फिल्म अदा कसरी पाउनुभयो? मेरो मतलब यो तपाईंसम्म कसरी पुग्यो। जबकि एक जनाले लेखेका थिए– द केरला स्टोरी ५ पटक हेरेको छु। एकजनाले लेखेका थिए– उत्सुकतापूर्वक पर्खिरहेको थिएँ।’

द केरला स्टोरीको कुरा गर्दा यो फिल्ममा अदासँगै योगिता बिहानी, सोनिया बलानी, सिद्धि इडाही र देवदर्शनी मुख्य भूमिकामा देखिएका थिए। यो फिल्मलाई सुदिप्तो सेन र विपुल अमृतलाल शाहले निर्देशन गरेका हुन्।

Logo