अभिनेत्री पुनम पाण्डे क्यान्सरको ब्राण्ड एम्बासडर बन्न अस्वीकृत

अभिनेत्री पुनम पाण्डे क्यान्सरको ब्राण्ड एम्बासडर बन्न अस्वीकृत

केन्द्रबिन्दु
56
Shares

मुम्बई। भारत सरकारले विवादित भारतीय मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई सर्वाइकल क्यान्सर अवारनेस प्रोग्रामको ब्राण्ड एम्बासडर नबनाउने भएको छ। युनियन हेल्थ मिनिस्ट्रीले आधिकारिक विज्ञप्ति जारी गर्दै उनको गतिविधिले उनलाई अस्वीकृत गरिएको जानकारी दिएको हो।

यसअघि पुनमलाई ब्राण्ड एम्बासडर बनाउनका लागि कुराकानी भइरहेको खबर सार्वजनिक भएको हो। यद्यपि युनियन हेल्थ मिनिस्ट्रीले यो खबरलाई झुठो भएको दाबी गरेको छ।

पुनमको टिमले गत फेब्रुअरी २ मा आफ्नो इन्स्टाग्राममा पुनमको सर्वाइकल क्यान्सरका कारण मृत्यु भएको झुठो कुरा पोस्ट गरेको थियो। यो पोस्टका कारण उनका फ्यान देखि लिएर बलिउडकर्मी शोकमग्न बनेका थिए।

‘आज बिहान हाम्रो लागि मुस्किल छ। तपाईंहरुलाई यो कुरा बताइरहँदा दुःख लागेको छ कि हामीले आफ्नो प्यारी पुनमलाई सर्वाइकल क्यान्सरका कारण गुमायौँ। हरेक व्यक्ति जो उनको सम्पर्कमा आए, तिनीहरुलाई उनले प्रेमले भेटिन्। दुःखको यो घडीमा हामी गोपनियताको अपिल गर्दछौं र उनको हरेक चिजका लागि प्रेमपूर्वक सम्झने छौं’, इन्स्टाग्राममा लेखिएको थियो।

मृत्युको खबर भाइरल भएको भोलिपल्ट अर्थात फेब्रुअरी ३ मा पुनमले एक भिडियो सन्देश जारी गर्दै आफू जीवित रहेको बताएकी थिइन्। उनले सर्वाइकल क्यान्सरका बारेमा आम मानिसमा जानकारी दिनका लागि आफ्नो टिमसँग मिलेर मृत्युको झुठो स्टन्ट गरेको उल्लेख गरेकी थिइन्। उनको यो हर्कतले फ्यान र बलिउड कलाकारहरु निकै रिसाएका थिए र पुनममाथि रिस पनि पोखेका थिए।

Logo