भन्सालीले ‘लभ एन्ड वार’ मा रणवीरलाई एनिमलमा भन्दा बढी हिंस्रक बनाउने

भन्सालीले ‘लभ एन्ड वार’ मा रणवीरलाई एनिमलमा भन्दा बढी हिंस्रक बनाउने

केन्द्रबिन्दु
140
Shares

मुम्बई। फिल्म एनिमलमा रणबीर कपूर मुख्य भूमिकामा भए पनि यो भूमिका हिंसाले भरिएको थियो।

अर्थात् रणवीर फिल्ममा नायकको भूमिकामा थिए र नकारात्मक भुमिकाको जिम्मेवारी पनि सम्हालिरहेका थिए। जसका कारण उनले फिल्ममा ग्रे शेडको भूमिका निर्वाह गरे र आफ्नो अभिनयको नयाँ पक्ष पनि देखाए, जुन बलिउडका दिग्गज निर्देशक सञ्जय लीला भन्सालीलाई निकै मन पर्न गयो।

यसपछि सञ्जय लीला भन्सालीले रणवीर कपुरलाई फेरि ‘एनिमल’मा जस्तै हिंस्रक बनाउने तयारी गरेका छन्। रणवीर कपूरकी पत्नी आलिया भट्ट र विक्की कौशलले उनलाई यो काममा साथ दिने छन्।

एनिमल फिल्मको सफलतापछि रणवीर कपुरको एनिमल अवतारलाई निकै रुचाइएको छ। रणवीर कपुर फेरि एकपल्ट प्रेममा पागल र हिंस्रक युवाको भूमिकामा देखिनेछन्। उनले छिट्टै सञ्जय लीला भन्सालीको फिल्ममा काम गर्ने खबर छ। यो फिल्मको नाम ‘लभ एन्ड वार’ हुनेछ।

फिल्ममा धेरै माया हुनेछ र युद्ध पनि कम हुने छैन भन्ने कुरा यसको नामबाटै स्पष्ट हुन्छ। यस फिल्मसँग सम्बन्धित मिडिया रिपोर्टका अनुसार फिल्ममा रणवीर कपूरको भूमिका फिल्म एनिमलमा रणविजयको जस्तै हुनेछ, जसमा उनी फिल्मको नायक हुनेछन् र नकारात्मक शेडहरू पनि भरिएका छन्।

यस फिल्ममा रणबीर कपुरका अलावा आलिया भट्ट र विक्की कौशल पनि देखिनेछन्। पिंकभिल्लाको रिपोर्टका अनुसार सञ्जय लीला भन्साली लामो समयदेखि यस फिल्मको कथामा काम गरिरहेका छन्, जसलाई अहिले ‘लभ एन्ड वार’को नाम दिइएको छ। कथाको काम सकिए पछि मात्र उनले रणवीर कपूर, आलिया भट्ट र विक्की कौशलसँग सम्पर्क गरेका थिए। यो फिल्म यसै वर्षको डिसेम्बरमा रिलिज हुने अनुमान गरिएको छ, जसमा प्रेम र युद्ध बाहेक संगीतले पनि भरिपूर्ण हुनेछ।

Logo