‘पुष्पा २’ लाई आइटम गीत बनाउन सकस

‘पुष्पा २’ लाई आइटम गीत बनाउन सकस

केन्द्रबिन्दु
98
Shares

मुम्बई। तेलुगु सुपरस्टार अल्लू अर्जुनको नयाँ फिल्म ‘पुष्पा २’ धमाधम सुटिङको काम भइरहेको छ। तर फिल्मका संगीतकार देवी श्री प्रसादलाई आइटम गीतका लागि उत्कृष्ट धुन निकाल्न नै सकस परिरहेको समाचार बाहिरिएका छन्। जसकारण अहिलेसम्म आइटम गीतको काम अघि बढ्न सकेको छैन।

अल्लू अर्जुन पनि यो गीतमा नृत्य गरेर आफू अझ चर्चामा आउन चाहन्छन्। त्यसकारण निर्माताहरु पनि अघिल्लो ‘पुष्पा’को आइटम गीत ‘उ अँटावा’ भन्दा पनि जबरदस्त बनाउन चाहिरहेका छन्। यसैकारण पनि निर्माताले आइटम गीत बनाउने कामलाई हालका लागि थाँतीमा राखेका छन्।

यता ‘पुष्पा २’को आइटम गीतका लागि निर्माण पक्षले श्रीलीलालाई अनुबन्ध गरेको थियो। तर आइटम गीत नै तत्काल बन्ने सम्भावना नरहेपछि निर्माण पक्षले श्रीलीलालाई पनि बिदा गरेको छ।

निर्माताहरुले आइटम गीतका लागि सामन्था रुथ प्रभुकै जस्तो दमदार अभिनेत्रीलाई छनोट गर्ने नीति अनुरुप श्रीलीलालाई चयन गरेका थिए। श्रीलीला यो फिल्मका लागि उत्साहित पनि थिइन्। तर संगीत नै तयार नभएपछि श्रीलीलाको आइटममा नाच्ने सपना तत्कालका लागि अपुरो बनेको छ।

Logo