काइली मिनोगलाई ‘ब्रिट्स ग्लोबल आइकन अवार्ड’

काइली मिनोगलाई ‘ब्रिट्स ग्लोबल आइकन अवार्ड’

केन्द्रबिन्दु
42
Shares

लण्डन। अन्तर्राष्ट्रिय पप स्टार काइली मिनोगलाई यस वर्षको ‘ब्रिट्स ग्लोबल आइकन अवार्ड’ प्रदान गरिने भएको छ। काइलीले पाँच दशकदेखि संगीतमा पुर्याएको योगदानको कदर गर्दै आगामी मार्च २ मा अवार्ड प्रदान गर्न लागिएको हो।

अवार्डमा काइली अन्य प्रतिष्पर्धी टेलर स्वीफ्ट, ओलिभिया रोड्रिगो र लाना डेल रेसँगै ‘इन्टरनेसनल आर्टिष्ट अफ द इयर’ विधामा पनि मनोनित भएकी छन्। अवार्डमा काइलीसहित यसअघि नै घोषणा गरिएका दुआ लिपा र रेले स्टेज प्रस्तुती दिनेछन्।

‘म ग्लोबल आइकल अवार्डबाट सम्मानित हुन पाउँदा र त्यस्ता अविश्वसनीय कलाकारहरुको रोल कलमा सामेल हुन पाउँदा धेरै रोमाञ्चित छु’,काइलीले भनेकी छन्,‘बेलायत जहिल्यै पनि घरबाटै घर भएको छ। त्यसैले ब्रिटसको मेरो हृदयमा धेरै स्थान छ। मसँग वर्षौदेखिका अवार्डका केही अचम्मका सम्झनाहरु छन् र म ब्रिटसको मञ्चमा फर्किने प्रतिक्षा गर्न सक्दिनँ।’

ब्रिटस आइकन अवार्ड अवार्ड आयोजकहरुले दिएको सर्वोच्च सम्मान हो। यो सम्मान असाधारण कलाकारहरुलाई लागि आरक्षित छ। सन् २०२१ मा गायिका टेलर स्वीफ्टले यो अवार्ड जित्ने पहिलो महिला बन्ने अवसर पाएकी थिइन्। यसअघि यो अवार्ड सर एल्टन जोन, डेभिड बोवी र रोबी विलियम्सले जितेका थिए।

काइलीले यसअघि नै तीनवटा ब्रिट अवार्ड जितिसकेकी छन्। उनका गीतहरु विश्वभरी ८ करोडभन्दा बढी पटक बिक्री भइसकेका छन्। उनीसँग नौ यूके नम्बर एलबम र सात यूके नम्बर वान सिंगल छन्।

यसअघि फेब्रुअरीमा अष्ट्रेलियाली गायिका तथा गीतकारलाई उनीहरुको हिट ‘पदम पदम’का लागि ग्रामीको उद्घाटनमा ‘बेस्ट पप डान्स रेकर्डिङ अवार्ड’ दिइएको थियो। जुन गत समरमा भाइरल भएको थियो।यो वर्षको ब्रिट अवार्डको मनोनयनमा पर्नेहरुमा द रोलिङ स्टोन्स, लिटिल सिम्ज र अर्लो पार्कस् छन्।

रे सात मनोनयनका साथ सन् २०२४मा सर्वाधिक विधामा मनोनित हुने कलाकारमा परेकी छन्। जुन एक वर्षमा एक कलाकारका लागि नयाँ कीर्तिमान हो। उनी बेस्ट एलबम, बेस्ट न्यू आर्टिस्ट, बेस्ट पप एक्ट र आर्टिस्ट अफ द इयर विधामा मनोनित भएकी छन्। उनका दुई गीत बेस्ट सङ विधामा पनि मनोनित छ।

सन् २०२३ मा सबै पुरुष उत्कृष्ट कलाकारको लाइनअपका बारेमा आलोचना भएपछि ब्रिट आयोजकहरुले यस वर्ष कलाकारको वर्गलाई ५ बाट १० स्लटमा विस्तार गर्दै छनोट गरेका छन्। लण्डनको ओ२ एरिनामा हुने अवार्ड समारोहको होस्ट क्लारा एम्फो, माया जामा र रोमन केम्पले गर्नेछन्।

Logo