फिल्म ‘काँडेतार’काे २५ प्रतिशत नाफा सीमामा तारबार लगाउन

फिल्म ‘काँडेतार’काे २५ प्रतिशत नाफा सीमामा तारबार लगाउन

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । सीमा अतिक्रमणविरुद्ध नेपालीका संघर्षको कथामा आधारित फिल्म ‘काँडेतार’ले नाफा सीमामा तारबार लगाउने अभियानलाई बाँड्ने भएको छ ।

नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ ।

ट्रेलर रिलिजपछि नवलले नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । मोफसलका विभिन्न हलमा च्यारिटी शो गरेर काठमाडौं आएका खड्काले आफ्नो फिल्मलाई जनकपुर र वीरगंजमा स्थानीय प्रशासनले प्रदर्शनमा रोक लगाएको भन्दै रोष व्यक्त गरे । ‘फिल्म प्रदर्शनपछि उठेको नाफाको २५ प्रतिशत रकम काँडेतार निर्माण अभियानमा सहयोग गर्नेछौं,’ उनले भने, ‘यो अभियान फागुन २५ बाट सुरु हुन्छ ।’

नेपालको सीमामा भारतले हस्तक्षेप गरेको विषय समेटिएको फिल्मको ट्रेलरमा सीमामा काँडेतार लगाउनुपर्ने मुद्दा उठान गरिएको छ । ट्रेलरमा खड्कासहित गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बा लगायतका कलाकार फिचर्ड छन् ।

फिल्मले चलचित्र विकास बोर्डबाट १० लाख रुपैयाँ प्रोत्साहन शुल्क पाइसकेको छ । सामना फिल्म्स् प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेको फिल्ममा सत्यकला राई कार्यकारी निर्मात्री छिन् ।

Logo