‘माइकल’ मा जाफरको माइकल लुक्स

‘माइकल’ मा जाफरको माइकल लुक्स

केन्द्रबिन्दु
56
Shares

लसएन्जल्स (अमरउजाला)। विश्वविख्यात पप गायक माइकल ज्याक्सनको बायोपिक ‘माइकल’ लामो समयदेखि चर्चामा छ। उनका फ्यानहरु बायोपिकको व्यग्र प्रतिक्षामा छन्। यहीबीचमा निर्माण कम्पनी लायन्सगेट र युनिभर्सलले फिल्मको फस्टलुक सार्वजनिक गरेको छ।

फस्टलुकमा माइकलका भतिज जाफर ज्याक्सनलाई ‘किङ अफ पप’का रुपमा सन् १९९२–१९९३ डेन्जरस वल्र्ड टुरका समयमा ‘मेन इन द मिरर’मा प्रस्तुति दिँदै गरेको देखाइएको छ। यो तस्वीरलाई फोटोग्राफर केविन मजूरले खिचेका हुन्। केविन तिनै फोटोग्राफर हुन्, जसले माइकल ज्याक्सनको ‘दिस इज इट कन्सर्ट’को तयारीका समयमा उनको रिहल्सल खिचेका थिए।

‘पहिलो दिन यो फिल्मको सेटमा पुग्दा म उत्साहित थिएँ। यो केही यस्तो थियो, जब म माइकल ज्याक्सनको टूर पहिलो टुर खिच्न गएको थिएँ। सेटमा पुग्दा मलाई यस्तो महशुस भयो कि म समयमा पछाडि चलेको छु र म टुरको सुटिङका लागि स्टेडियममा टहलीरहेको छु। जाफरले गीत गाइरहेको देख्दा मैले सोचें,वाह! यो त माइकल हो। जसरी माइकल देखिन्छन् र अभिनय गर्छन्, उनको सबै व्यवहार जाफरले उतारेका छन्। जसले माइकल ज्याक्सनको कुनै प्रस्तुति प्रत्यक्ष हेर्न पाएनन्, उनीहरुलाई त्यस्तै माइकल हेर्ने मौका छ, किनकी माइकल यस्तै थिए,’ मजुरले भनेका छन्।

निर्माता ग्राहम किङले पनि जाफरको प्रशंसा गरेका छन्। ‘जाफरका हरेक लुक्स, हरेक नोट, हरेक डान्स मुभ माइकलको जस्तै छ। उनी माइकललाई यसरी नै प्रस्तुत गर्छन्, जुन अर्को अभिनेता गर्न सक्दैन’, ग्राहमले भनेका छन्। निर्देशक एन्टोनी फुक्वाले पनि जाफरसहित सबै कलाकारको प्रशंसा गरको छन्। फिल्म ‘माइकल’ आगामी वर्ष अर्थात् सन् २०२५, अप्रिल १८ मा रिलिज हुँदैछ।

Logo