फिल्म ‘मेयर’को शुभ मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

फिल्म ‘मेयर’को शुभ मुहूर्त, शीर्ष भूमिकामा खगेन्द्र लामिछाने

केन्द्रबिन्दु
56
Shares

काठमाडौ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापाको जिवनीमा आधारित रहेर निर्माण हुने फिल्म ‘मेयर’को राजधानी बुधबार शुभ मुहूर्त गरिएको छ ।

सरस्वती पूजा तथा भ्यालेन्टाइन डेको अवसर पारेर राजधानीको दरबारमार्गस्थित नारायणहिटी मन्दिरमा फिल्मको शुभ मुहूर्त गरिएको हो । फिल्मका कार्यकारी निर्माता तथा निर्देशक दीपेन्द्र के खनाल हुन् । ‘केही राम्रो काम गरेरै छोड्छु भन्ने दृढ सपना भएको मान्छेले कठीन परिस्थिती, घात प्रतिघातका बीचमा पनि संघर्ष गरेर समाजलाई आर्थिक, सामाजिक र शैक्षिक रुपमा कसरी राम्रो बाटोमा डोर‍्याउन सक्छ भन्ने विषयमा फिल्म केन्द्रित हुनेछ,’ उनले भने ।

फिल्ममा शिर्ष भूमिकामा अभिनेता खगेन्द्र लामिछाने रहनेछन् भने उनको अपोजिटमा वर्षा राउत छिन् ।

त्यस्तै, अर्पण थापा, अनुप बराल, दिव्यदेव, प्रकाश घिमिरे, हरिहर शर्मा, रवीन्द्र झा, रमेश बुढाथोकी, अविंशा चापा, सञ्जोग रसाइली, आशान्त शर्मा, प्रभाकर न्यौपाने, झकेन बिसी लगायत अन्य कलाकारले फिल्ममा अभिनय गर्नेछन् ।
फिल्मबाट निर्माताको रुपमा बृष्टिमां खनाल र कलाकारको रुपमा अविंशा थापाले डेब्यू गर्दैछन् ।

फिल्म पटकथा प्रडक्शनले निर्माण गर्न लागेको हो। शर्मिला पाण्डे र श्रृष्टिमां खनाल निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा लेखन, कृष्णबहादुर थापाको छायांकन, जयन जे बाइवा र कल्याण सिंहको संगीत हुनेछ।

Logo