समिक्षा अधिकारी भन्छिन्- ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि शुभकामना’

समिक्षा अधिकारी भन्छिन्- ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगीसँग खेल्नेलाई पनि शुभकामना’

केन्द्रबिन्दु
28
Shares

हरेक वर्षको फेब्रुअरी १४ मा संसारका विभिन्न भागमा प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डे मनाइन्छ । विश्वव्यापीकरणको प्रभावसँगै केही वर्षयता यो दिवस नेपालमा पनि भित्रिएको छ । विशेषगरी युवापुस्ताले यसको अनुशरण गरेको पाइएको छ । वास्तवमा प्रेम गर्ने र प्रेम गर्न चाहनेका लागि यो विशेष दिन हो ।

यसैबीच गायिका समीक्षा अधिकारीले मनैदेखि सच्चा, सफा, इमानदार माया गर्ने जोडीहरूका लागि ३६५ दिनै प्रेम दिवस भएको बताएकी छन् । प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल्नेहरूलाई पनि उनले शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जालमा उनले भनेकी छन्, ‘प्रेमको नाटक गरेर अर्काको जिन्दगी र मनसँग खेल खेल्नेहरूलाई पनि प्रेम दिवसको धेरै धेरै शुभकामना । मनदेखि सच्चा सफा इमानदार माया गर्ने जोडीहरूको लागि त ३६५ दिन नै प्रेम दिवस हो ।’

यतिबेला गायिका समिक्षा विभिन्न मेला महोत्सवमा व्यस्त छिन्।

Logo