फिल्म ‘पिताम्बर’ मा नायिका सुपुष्पाको इन्ट्री

फिल्म ‘पिताम्बर’ मा नायिका सुपुष्पाको इन्ट्री

केन्द्रबिन्दु
126
Shares

काठमाडाैँ। निर्देशक कृषा चौलागाईंले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘पिताम्बर’मा ३ जना नायिका फाइनल भएका छन्। फिल्ममा यसअघि नै नायिकाद्धय सुरक्षा पन्त र आँचल शर्मा फाइनल भइसकेका थिए।

अब, नायिका सुपुष्पा भट्टको पनि फिल्ममा प्रवेश भएको निर्देशक चौलागाईंले जानकारी दिएकी छिन्। योसँगै फिल्ममा ३ मुख्य नायिकाको लाइनअप पुरा भएको निर्माणपक्षको भनाई छ।

यो फिल्मको केन्द्रीय भूमिकामा नायक प्रदीप खड्काले काम गर्दैछन्। उनको साथमा फिल्ममा सौगात मल्ल, अनुप विक्रम शाही, आँचल शर्मा, सुरक्षा पन्त, सुपुष्पा भट्ट, प्रमोद अग्रहरी, दिव्य देव, कामेश्वर चौरासियाँले काम गर्ने पक्का भएको छ ।

यो फिल्मको १५ दिनको सेड्यूलको छायांकन केही दिनमा नै सुरु हुँदैछ। फिल्मको सरस्वती पूजाको दिनमा पूजा गर्दै फिल्मको शुभसाइत गरिएको हो।

Logo