राई इज किङलाई दोहामा भव्य स्वागत

राई इज किङलाई दोहामा भव्य स्वागत

केन्द्रबिन्दु
2.8k
Shares

राई इज किङ अर्थात लोकप्रिय पाश्र्वगायक राजेश पायल राईलाई कतारको दोहामा भव्य स्वागत गरिएकाे छ ।

आफ्नो दक्षिण कोरिया र हङकङको सांगीतिक यात्रा सफलतापूर्वक सम्पन्न भएपश्चात दोहा पुगेका गायक राईको भव्य स्वागत भएको हो । उनलाई तामाङ घेदुङ कतारका अध्यक्ष विकास स्याङ्गताङलगायत पदाधिकारीहरुले स्वागत गरेका थिए ।

आज हुने उक्त कार्यक्रम दोहास्थित अलअरेबिक क्लबमा आयोजना हुँदैछ । १० हजार क्षमताको उक्त क्लबमा दर्शकको उपस्थिती खचाखच हुनेमा अध्यक्ष स्याङ्गताङ विश्वस्त छन् । कार्यक्रममा वमङ लामा, रेश्मा तामाङ, मनमाया तामाङलगायत स्थानीय कलाकारको पनि प्रस्तुती रहनेछ ।

सांगीतिक यात्राका क्रममा गायक राई कतारपछि साइप्रस, मकाउ, ओमान र कुर्दिस्तान पुग्नेछन् ।

खोटाङको बुइपामा जन्मेर संसारभरिका विभिन्न भाषामा गीत गाइसकेका मेघा स्टार राई इज किङ नेपाली साङ्गीतिक आकाशका नक्षेत्र हुन् भन्दा फरक पर्दैन । उनकाे ‘मैले मायाले दिएको चिनो’, दर्शन नमस्ते, नाइ नभन्नु ल, मलाई पनि अङ्ग्रेजीमा बोल्न सिकाइ देउन, मरुभूमि जस्तै छ यो जिन्दगी, यानी माया, दिक्तेल बजार’लगायतका गीत दर्शकले एकदमै रुचाएकाे गीतमा पर्छन् ।

Logo