सकियो फिल्म ‘लण्डन टु पेरिस’को छायांकन

सकियो फिल्म ‘लण्डन टु पेरिस’को छायांकन

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । घनश्याम लामिछाने निर्देशित फिल्म ‘लन्डन टु पेरिस’ को छायांकन पूरा भएको छ । कोरोना लगत्तै दोश्रो चरणको छायांकन सकिएको फिल्म केही प्राविधिक कारणले २० प्रतिशत सुटिङ हुन बाँकी थियो ।

निर्देशक लामिछानेका अनुसार यतिबेला मुम्बईमा फिल्मको धमाधम सम्पादनको काम भइरहेको छ । आफ्नो भागको छायाङ्कन पूरा गरेर अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र ‘डेब्यू’ अभिनेता निश्चल खड्का नेपाल फर्किसकेका छन् । फिल्मको अन्तिम सम्पादन सकिएपछि रिलिज डेट घोषणा गर्ने निर्माण पक्षले जनाएकाे छ ।

फिल्मको पहिलो चरणमा खिचिएका दृश्यको डबिङ र कलरको काम पुरा भइसकेको छ भने मिक्सिङ र भीएफएक्सको काम अहिले खिचेको दृश्यहरुको डबिङ सकिएपछि हुनेछ । गरिमा शर्मा र कबीर खड्काको पनि मुख्य भूमिकामा अभिनय रहेको फिल्म ‘ट्राभल लभस्टोरी’ जनरामा आधारित छ । फिल्मको सम्पूर्ण छायाङ्कन बेलायतमा गरिएको छ । गरिमा पनि यही फिल्मबाट ‘डेब्यू’ गर्दैछिन् ।

एबी इन्टरनेशनलको ब्यानरमा निर्माण भएको फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेका हुन् । फिल्मको निर्मातामा अमित बस्नेत, अजितकुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल र सह–निर्मातामा अजित सिंह छन् ।

Logo