मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट काठमाडौंमा हुँदै, माईपे वालेटबाट टिकट लिन सकिने

मेनुका पौडेलको पहिलो लाइभ कन्सर्ट काठमाडौंमा हुँदै, माईपे वालेटबाट टिकट लिन सकिने

केन्द्रबिन्दु
42
Shares

मेनुका पौडेलको पहिलो लाइभ सांगीतिक कार्यक्रम काठमाडौंबाट गर्ने भएकी छन्। मेनुकाको आर्टिस्ट म्यानेजर माइपे इभेन्ट्सले यसबारे जानकारी दिएको हो।

तपस्या इन्टरटेन्मेन्टको आयोजनामा नेपालका प्रमुख ४ शहरहरुमा २०८० फाल्गुण १८ गते देखि चैत्र १६ गतेसम्म काठमाडौँ, चितवन, पोखरा र इटहरीमा उनको संगितिक कार्यक्रम हुन लागेको हो । उनको सम्पूर्ण कार्यक्रमको टिकट अनलाइनबाटै माईपे डिजिटल वालेटबाट लिन सकिन्छ ।

२०५५ सालमा झापाको हल्दीबारी ४ मा जन्मेकी मेनुकाले १८ वर्षको उमेरमा नेपाल आईडलको पहिलो सिजनमा भाग लिइन् । नेपाल आईडलले नै उनलाई देशविदेशमा रहने नेपालीहरुमाझ चिनायो । त्यसपछि उनले भारतीय टीभी च्यानल सारेगमपको मुम्बई अडिसनमा भाग लिइन् र उक्त कार्यक्रममा आफ्नो जादुमयी आवाजले सबैलाई मोहित बनाएकी उनी टप ११ मा पर्न सफल भएकी थिइन् ।

मेनुका पौडेलको यो पहिलो सांगीतिक नेपाल टुरमा आर्टिस्ट म्यानेज्मेन्ट माईपे इभेन्टले गरेको छ भने यस कार्यक्रमको प्रायोजन माईपे मनि ट्रान्सफरले गरेको छ । आगामी फाल्गुण १८ गते काठमाडौंको क्लब प्लाटिनममा साँझ ७ बजेदेखि कार्यक्रम सुरु हने आयोजकले जनाएको छ ।

हाल साधारण टिकटको दर रु १००० र विशिष्ट टिकटको दर रु.१५०० राखिएको यस कार्यक्रमको टिकेटिङ पार्टनर माईपे वालेटले जनाएको छ । मेनुकाको लाइभ सांस्कृतिक कार्यक्रम हेर्न दर्शकहरु तथा उनका समर्थकहरु उत्साहित देखिएका छन् ।

Logo