ट्रेलर सार्वजनिकपछि उत्साहित रेखा थापा भन्छिन्- ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’

ट्रेलर सार्वजनिकपछि उत्साहित रेखा थापा भन्छिन्- ‘फिल्म सामूहिक रुपमा हेर्नुहोला’

केन्द्रबिन्दु
28
Shares

काठमाडौं । रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको चलचित्र ‘उपहार’को ट्रेलर सार्वजनिक भइसकेको छ ।

शुक्रबार रेखा थापाले ट्रेलर सार्वजनिकपछि एकदमै सकारात्मक प्रतिक्रिया आइरहेको बताइन् । नेपाली चलचित्र क्षेत्रमा चलेको ट्रेन्डभन्दा उपहारमा विल्कुल फरक कथावस्तुमा रहेको प्रतिक्रिया आइरहेको जानकारी दिइन् । उनले भनिन्, ‘तपाईहरुले ट्रेलर हेरेर थाहा पाउनुभयो होला । धेरै जनाले ट्रेलर हेरेरै फिल्ममा फरकपन पाएको प्रतिक्रिया दिनुभएको छ । परिमार्जन भएको महशुस गर्नुभएको छ ।’

उपहारले प्रेम कथा साथै सामाजिक घट्ना पनि समेटेकाले किशोरदेखि वृद्धा समेतले हेर्न मिल्ने कथा बोकेको थापाको भनाई छ । नेपाली चलचित्र क्षेत्रमा सबै उमेर समूहलाई समेटेर फिल्म निर्माण नभएको अवस्थामा उपहार सबै उमेर समुहलाई उपयुक्त चलचित्र रहेको उनको दाबी छ ।

‘यसमा घट्ना फरक भएतापनि युवायुवतीले चलचित्र हेरेर भरपुर मनोरञ्जन गर्छन् । साँचो प्रेम कस्तो हुनुपर्छ भन्ने एउटा पात्रले दर्शाउँछ । हाम्रो समाज वा समुदायमा ३० कटेकाहरुले प्रेम कथा खासै हेर्न रुचाउँदैन ।’ उनले भनिन्, ‘३० देखि ६० सम्मको उमेर समुहको लागि नेपालमा फिल्म बनेका छैनन् । उहाँहरुको लागि उपहार उपयुक्त चलचित्र हो । संयुक्त परिवार बसेर हेर्न मिल्ने चलचित्र बनाएका छौं ।’

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म फागुन २५ देखि प्रदर्शनको तयारीमा छ । फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पणजंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतले अभिनय गरेका छन् ।

Logo