‘चमकिला’ मा १५ गीत गाउँदै परिणीति

‘चमकिला’ मा १५ गीत गाउँदै परिणीति

केन्द्रबिन्दु
168
Shares

मुम्बई। बलिउड अभिनेत्री परिणीति चोपडा अभिनयसँगै गायनमा पनि सक्रिय छिन्। उनले केही दिनअघि मात्र आगामी योजना सार्वजनिक गर्दा उनका फ्यान उत्साहित बनेका छन्।

परिणीतिका अनुसार उनले इम्तियाज अली निर्देशित र दिलजीत दोसांझ अभिनित आगामी फिल्म ‘चमकिला’ मा करिब १५ गीत गाउँदैछिन्। यो फिल्म विवादास्पद पञ्जाबी लोक गायक अमर सिंह चमकिलाको बायोपिक हो, जो विद्रोही रवैयाका लागि चिनिएका थिए।

फिल्ममा दिलजीत चमकिलाको भूमिकामा देखिनेछन् भने परिणीतिले चमकीलाको गायिका पत्नी अमरजोत कौर चरित्र निभाउनेछिन्। परिणीतिले यस अघि आफ्नो फिल्म ‘मेरी प्यारी बिन्दू’ र ‘केसरी’ मा गीत गाइसकेकी छन्। उनले ‘चमकीला’ मा अनुबन्ध हुनु आफ्ना लागि संगीत प्रतिभा देखाउने अवसर भएको उल्लेख गरेकी छन्।

‘यो फिल्ममा अभिनय गर्नुपर्ने एक प्रमुख कारण यो हो कि मैले यसमा १५ गीत गाउँदै छु। यो फिल्मको दौरान मेरो सह–कलाकार दिलजीतले मैले गाउँदै गरेको सुनेपछि मलाई लाइभ गाउन भने। मेरो वरपर रहेका जो कोही पनि मलाई मञ्चमा गीत गाउन सक्ने बताइरहेका छन्, उनले भनेकी छन्।

‘चमकिला’ को संगीत एआर रहमानले तयार पारेका छन्। उनले यसअघि इम्तियाज अलीको फिल्महरु ‘रकस्टार’,‘हाईवे’ र ‘तमाशा’ का लागि संगीत दिएका थिए। यो फिल्म गत वर्ष घोषणा गरिएको थियो।

Logo