अभिनेत्री अनुष्काले जन्माइन् दोस्रो सन्तान

अभिनेत्री अनुष्काले जन्माइन् दोस्रो सन्तान

केन्द्रबिन्दु
280
Shares

मुम्बई। भारतीय क्रिकेटर विराट कोहली र बलिउड अभिनेत्री अनुष्का शर्मा दोस्रो सन्तानको आमाबाबु बनेका छन्। अनुष्काले मंगलबार बेलुका आफूले छोरालाई जन्म दिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएकी छन्।

विराट र अनुष्काले जुनियर कोहलीको नाम ‘अकाय’ राखेका छन्। ‘अकाय’को अर्थ के हो भन्ने चासो आम दर्शकमा छ। ‘अकाय’को धेरै अर्थ छ । टर्की भाषामा यसको अर्थ ‘चम्किएको चन्द्रमा’ हुन्छ।

संस्कृत भाषामा यसलाई ‘अमर’ पनि भनिन्छ। यसका अलावा ‘अकाय’लाई ‘निराकार’ पनि भनिन्छ । खास गरी भगवान शिवलाई निराकार मानिन्छ। अनुष्का र बिराट आमाबाबु बनेपछि आलिया भट्ट, धनश्री वर्मा, भूमि पेडनेकर, रणवीर सिंह, मेधा शंकर, राजपाल यादव, वाणी कपूर र दर्शन कुमारलगायतले बधाई दिएका छन्।

अनुष्का गर्भवती भएपछि विराट केही समययता क्रिकेटबाट टाढिएका थिए । उनले भारत र इंग्ल्याण्डबीच भइरहेको पाँच टेस्ट म्याचमा पनि हिस्सा लिएका थिएनन् ।

Logo