‘टाइगर भर्सेस पठान’ अघि ‘पठान २’

‘टाइगर भर्सेस पठान’ अघि ‘पठान २’

केन्द्रबिन्दु
112
Shares

मुम्बई। फिल्म ‘पठान’को अपार सफलतापछि शाहरुख खान र सलमान खान यशराज फिल्मस्को स्पाई थ्रिलर ‘टाइगर भर्सेस पठान’मा देखिँदैछन्। यो फिल्म घोषणा समयदेखि नै चर्चामा छ। फिल्ममा शारुख एकपटक पुनः पठान अवतामा र सलमान टाइगर अवतारमा देखिँदैछन्।

तर अब दर्शकले ‘टाइगर भर्सेस पठान’ हेर्न केही समय पर्खनुपर्नेछ। यशराज फिल्मस्ले ‘टाइगर भर्सेस पठान’ भन्दा अगाडि ‘पठान’ २ निर्माण गर्ने भएको छ। ‘टाइगर भर्सेस पठान’का लागि एक प्लट तयार पारेर कथामा ट्वीस्ट ल्याउने तयारीमा यशराज फिल्मस् जुटिरहँदा उसले ‘पठान २’ बनाउने नयाँ योजना ल्याएको हो। ‘पठान २’ मा शाहरुख नै प्रमुख भूमिकामा हुनेछन्।

निर्माताहरु ‘पठान २’ लाई सन् २०२४ को अन्त्यसम्ममा फ्लोरमा लैजाने तयारीमा छन्। ‘टाइगर भर्सेस पठान’ यशराज फिल्मस्को नवौं फिल्म हुनेछ । ‘पठान २ मात्र होइन, यहाँसम्म कि आलिया भट्टीको स्पाई थ्रिलर फिल्म पनि टाइगर भर्सेस पठानको टकरावलाई नयाँ मोड दिनेछ।

आदित्य चोपडा टाइगर भर्सेस पठानलाई भारतीय फिल्मको सबैभन्दा महत्वकांक्षी सिनेमाई युनिभर्सको स्पाई वेन्जर फिल्मका रुपमा प्रस्तुत गर्दैछन्। वाईआरएफ युनिभर्समा सबै फिचर फिल्म कसरी टाइगर भर्सेस पठानतिर जान्छन्, यस कुरालाई गोप्य राखिएको छ। पठान २ को सुटिङ पुरा हुनासाथ टाइगर भर्सेस पठानको सुटिङ हुनेछ’, यशराज फिल्मस् निकट स्रोतले भनेको छ। ‘टाइगर भर्सेस पठान’ सय दिन बढी सेड्युलका साथ सन् २०२६ मा फ्लोरमा जानेछ र सन् २०२७ मा रिलिज हुनेछ। यता ‘पठान २’ सन् २०२६ मा रिलिज हुनेछ।

Logo