‘चमेलीको पोई’बाट कमब्याक गर्दै नारायण त्रिपाठी

‘चमेलीको पोई’बाट कमब्याक गर्दै नारायण त्रिपाठी

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोई’ बाट हाँस्य कलाकार नारायण त्रिपाठीले ‘कमब्याक’ गर्ने भएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका त्रिपाठी ‘चमेलीको पोई’ मा अनुबन्धित भएसँगै उनको ‘कमब्याक’ निश्चित भएको हो ।

सन् २०२४ मै छायांकन गरी प्रदर्शनमा ल्याउने योजनाका साथ निर्देशक बोहराले शुक्रबार ‘चमेलीको पोई’ घोषणा गरेका हुन् । कमेडी जनराको फिल्मका बाँकी कलाकारबारे केही खुलाइएको छैन । फिल्मजगतमा ‘प्रेमचरो’ को उपनामले परिचित कलाकार त्रिपाठीले निर्देशक बोहराको फिल्म ‘अग्नी परीक्षा’मा पनि अभिनय गरेका छन् । फिल्ममा नारायणको प्रमुख भूमिकामा अभिनय रहनेछ ।

निर्देशक बोहराले ‘अग्नी परिक्षा’, ‘कान्छा’, ‘मुटु’, ‘ठूली’, ‘भैरे’, ‘श्री’ र ‘हेलो जिन्दगी’ निर्देशन गरिसकेका छन् ।

Logo