कालापानी जेलमा २० मिनेट पनि टिकेनन् रणदीप

कालापानी जेलमा २० मिनेट पनि टिकेनन् रणदीप

केन्द्रबिन्दु
210
Shares

मुम्बई । भारतका क्रान्तिकारी, स्वतन्त्रता सेनानी र राजनेता विनायक दामादर सावरकर उर्फ स्वातन्त्र्य वीर सावरकरको आज पुण्यतिथी हो । यो अवसर पारेर अभिनेता रणदीप हुड्डाले भावुक हुँदै उनीप्रति श्रद्धाञ्जली दिएका छन् । उनले सामाजिक सञ्जालमा एक भावुक पोस्ट शेयर गरेका छन् ।

‘आज भारतका सबैभन्दा महान सपुतमध्ये एकको पुण्यतिथी हो । जो नेता, निडर स्वतन्त्र सेनानी, लेखक, दार्शनिक र दुरदर्शी छन् । स्वातन्त्र्यवीर सावरकर एक यस्ता व्यक्ति हुन्, जसको प्रचण्ड बुद्धि र साहसले अंग्रेजहरुलाई यति डराइदिए कि उनले दुई जन्म (५० वर्ष)का लागि कालापानीको यो ७ बाई ११ फूटको जेलमा बन्द गरियो’, उनले उक्त जेलमा बसेको तस्वीर पोस्ट गर्दै लेखेका छन् ।

रणदीप वीर सावरकरको बायोपिकमा अभिनय गर्दैछन् । फिल्ममा उनले सावरकरकै भूमिका निर्वाह गरेका छन् । उनले यो भूमिका निभाउनका लागि निकै मेहनत गरेका छन् । सावरकरको जीवनलाई नजिकबाट बुझ्नका लागि उनी कालापानी जेलमा पनि बसेका थिए । ‘उनका बायोपिकको रेकीका समयमा मैले आफैं यो कोठरीका भित्र बन्द हुने कोशिस गरें, ताकि उनी कसरी यहाँ बसे भन्ने महशुस गर्न सकुँ । म २० मिनेट पनि त्यहाँ टिक्न सकिनँ । जहाँ उनलाई ११ वर्षसम्म एकान्त कारावासमा बन्द गरिएको थियो ।’

Logo