अभिनेता विराज भट्टको ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित

अभिनेता विराज भट्टको ‘१२ गाउँ’ मा न्यान्सी खड्का अनुबन्धित

केन्द्रबिन्दु
98
Shares

काठमाडौं। अभिनेता विराज भट्टको निर्माण र निर्देशन रहने फिल्म ‘१२ गाउँ’मा अभिनेत्रीका रुपमा ‘मिस नेपाल इन्टरनेसनल २०२२’ विजेता न्यान्सी खड्का अनुबन्धित भएकी छन्। न्यान्सीको यो ‘डेब्यू’ फिल्म हुनेछ।

निर्देशक विराजले न्यान्सीलाई स्क्रिप्ट सुनाएपछि उनी फिल्ममा काम गर्न सहमत भएको बताए। ‘स्क्रिप्टले खोजेकै मात्र न्यान्सीमा पायौं। उहाँलाई प्रस्ताव गरेपछि फिल्ममा काम गर्न सहमत हुनुभयो’, विराजले भने।

विराटनगर घर भएकी न्यान्सी गायक सुमित खड्काकी छोरी हुन्। उनी व्यावसायिक मोडल पनि हुन्। न्यान्सीले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन्।

मानसिक स्वास्थ्यमा जनचेतना फैलाउने काममा सक्रिय न्यान्सीले केही समय अघि जापानमा भएको ‘मिस इन्टरनेसनल‘मा नेपालको प्रतिनिधित्व गरेकी थिइन्।

विराजले ‘१२ गाउँ’ बाट छोरा समीर भट्टलाई पनि डेब्यू गराउँदैछन्। आगामी चैत १५ गतेबाट छायांकनमा जाने फिल्मको हाल प्रिप्रोडक्सनको काम भइरहेको छ।

सन्तोष सरकारको कथा तथा पटकथा रहने फिल्ममा विराज नै प्रमुख भूमिकामा देखिनेछन्। फिल्म विराजको होम प्रोडक्सन कम्पनी विराज भट्ट फिल्मस् प्रोडक्सनबाट निर्माण हुन लागेको हो।

Logo