संजय किशोर श्रेष्ठले २२ वर्षपछि ल्याए नयाँ गीत ‘तिमी जस्तै’

संजय किशोर श्रेष्ठले २२ वर्षपछि ल्याए नयाँ गीत ‘तिमी जस्तै’

केन्द्रबिन्दु
336
Shares

काठमाडौँ। ‘धेरै भो’, ‘रुमाल लुकाई लुकाई खेल्दा’, ‘हुँदैन कसैको मुटु ढुङ्गाको’ लगायतका गीत मार्फत गायनमा स्थापित पृथक स्वरका धनी चर्चित गायक संजय किशोर श्रेष्ठले झन्डै दुई दशकपछि नयाँ गीत ‘तिमी जस्तै’ सार्वजनिक गरेका छन्। जमलस्थित विश्वज्योति चलचित्र भवनमा एक कार्यक्रमकाबीच गीत सार्वजनिक गरेका हुन्।

कार्यक्रममा उनले गायनमा पुनः आगमन गर्दा पाएको साथले हौसला मिलेको बताए। ‘पुनः गायनमा सक्रियता बढाउने जमर्को गरेको छु । जेम्स दाइका कारण यो सम्भव भएको हो। आस छ, पहिला झैँ माया पाउने छु’, गायक श्रेष्ठले भने, ‘समय अनुसार आफूलाई परिमार्जित गर्ने कोसिस गरेको छु।’

सार्वजनिक गीतमा जेम्स प्रधानको शब्द र सङ्गीत रहेको छ भने गीतको भिडियो पनि जेम्सले नै निर्देशन गरेका हुन्। भिडियोमा गायक श्रेष्ठ नै देखिएका छन् उनी नेपाल आएपछि गायक तथा सङ्गीतकार जेम्स प्रधानसँग भेट भएपछि साङ्गीतिक सहकार्य जुटेको हो। कार्यक्रममा गायक शशी गुरुङ, भीम तुलाधर, बबिन प्रधान, कविन्द्र श्रेष्ठ लगायतको उपस्थिति थियो।

Logo