शोभित बस्नेतकी छोरी सलिनाले डकुड्रामा ‘हामी छौं’ बनाउने

शोभित बस्नेतकी छोरी सलिनाले डकुड्रामा ‘हामी छौं’ बनाउने

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । निर्देशक शोभित बस्नेतकी छोरी सलिना बस्नेतले आर्यन पौडेलसँग मिलेर डकुड्रामा ‘हामी छौं’ निर्माण गर्ने भएकी छन् । यो डकुड्रामामा उनीहरुको नै मुख्य भूमिका रहनेछ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने डकुड्रामाका लागि हालसम्म निर्देशकको टुंगो लागिसकेको छैन ।

हाल अष्ट्रेलियामा रहेका सलिना र आर्यन ड्रामाको छायांकनको लागि आगामी मेमा नेपाल आउँदैछन् । यो डकुड्रामामार्फत सात प्रदेशबाट ७ जना व्यक्ति छनोट गरिनेछ । जो वास्तविक जीवनमै पीडित छन् । हरेक मान्छेलाई हरेक एपिसोडमा राम्रो आर्थिक सहयोग गर्ने तयारी सलिना र आर्यनको छ ।

डकुड्रामाको उद्देश्य चाहिने भन्दा बढि आर्थिक रुपमा पीडितलाई सहयोग गर्ने रहेका सलिनाले बताइन् ।

सात एपिसोड निर्माण गरिने डकुड्रामालाई ७ जना निर्देशकले नै निर्देशन गर्नेछन् । डकुड्रामाको संगीत शम्भुजित बास्कोटाले दिनेछन् भने गीत आनन्द अधिकारीले लेख्नेछन् । हाललाई यो ड्रामाको बजेट ५० लाख छुट्याइएको छ । सलिना हाल अस्ट्रेलियाको सिड्नीमा र आर्यन ब्रिजबेनमा कार्यरत छन् ।

Logo