अभिनेत्री डोली सोहीको निधन

अभिनेत्री डोली सोहीको निधन

केन्द्रबिन्दु
280
Shares

मुम्बई। भारतीय टेलिफिल्म ‘झनक’की अभिनेत्री डोली सोहीको निधन भएको छ। बहिनी अमनदीपको निधन भएको केही समयपछि डोलीको निधन भएको हो।

अमनदीपको लिभरमा समस्या देखिएपछि निधन भएको थियो। डोलीको पनि अमनदीपको निधन भएको केही मिनेटपछि निधन भएको हो। ४८ वर्षीया डोली सर्वाइकल क्यान्सरबाट पीडित थिइन्।

डोली र अमनदीपको निधनले उनको परिवार शोकमा छन्। अभिनेत्रीहरुको मृत्युले टेलिभिजन उद्योगमा शोक छाएको छ। उनको परिवारले दुवैको निधनको पुष्टि गरेका छन्। उनीहरुको शुक्रबार दिउँसो अन्त्येष्टि गरिने परिवारले जनाएको छ।

अभिनेत्रीका भाई मनु सोहीले अमनदीपको निधनपछि उनको दिदी डोलीको हालत गम्भीर नभएको बताएका थिए। तर डाक्टरले अस्पतालमा आराम गर्न सल्लाह दिएका थिए। यद्यपि शुक्रबार बिहान डोलीको निधन भयो। उनी सन् २०२३ मा सर्वाइकल क्यान्सरबाट पीडित रहेको खुलेको थियो।

डोलीले गत जनवरीमा सर्वाइकल क्यान्सरका कारण टेलिसिरियल ‘झनक’को सुटिङबाट ब्रेक लिनु परेको खुलासा गरेकी थिइन्। उनले ‘भाभी’, ‘कलश’, ‘मेरी आशिकी तुम से ही’, ‘खुब लडी मर्दानी’ र ‘झाँसी की रानी’ जस्ता शोमा अभिनय गरेकी थिइन्।

Logo