सलमानको ‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै वाईआरएफ

सलमानको ‘टाइगर’ चरित्रलाई ब्रेक दिँदै वाईआरएफ

केन्द्रबिन्दु
42
Shares

मुम्बई। यशराज फिल्मस् (वाईआरएफ)को स्पाई युनिभर्सको सुरुवात सलमान खानको ‘टाइगर’ फ्रेञ्चाइजीबाट भएको थियो। जुन फ्रेञ्चाइजी बलिउडकै सबैभन्दा ठूलो र हिट फ्रेञ्चाइजीका रुपमा स्थापित भयो। ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा हे’ पछि ‘वार’ र ‘पठान’ले वाईआरएफको स्पाई युनिभर्सलाई नयाँ तहसम्म पुर्‍यायो।

अब भने वाईआरएफको पछिल्लो स्पाई थ्रिलर ‘टाइगर ३’ ले आशा अनुरुप दर्शकको साथ नपाएपछि वाईआरएफले सलमानको ‘टाइगर’ भूमिकालाई केही समय ब्रेक दिने निणर्य लिएको छ। यो ब्रेक सलमानको केमियो चरित्रमा पनि लागु हुनेछ।

वाईआरएफले सलमानलाई यो चरित्रबाट ब्रेक लगाएर उनलाई नयाँ अवतारमा कमव्याक गराउने घोषणा गरेको छ।
स्पाई युनिभर्समा हालसम्म ५ फिल्म निर्माण भएका छन्, जसमा ४ वटा टाइगर नै छन्।

अहिले वाईआरएफको टिममा पनि ‘टाइगर’ फ्रेञ्चाइजी दर्शकका लागि धेरै भएको र सलमानलाई नयाँ अवतारमा ल्याउनुपर्ने आवाज उठ्न थालिसकेको छ। फिचर फिल्ममा सलमानलाई केमियोका रुपमा प्रवेश गराउँदा उनको स्टारडममा कमी हुने विश्वास टिमको छ।

त्यहीकारण वाईआरएफले सलमानसँगै ‘टाइगर’लाई केही फरक रुपमा प्रस्तुत गर्ने ठूलो योजना बनाएको छ । सलमान पनि वाईआरएफको योजनामा सहमत छन्।

वाईआरएफको योजना अनुसार ‘वार २’ र ‘पठान २’मा सलमानको ‘टाइगर’का रुपमा केमियो हुने छैन । ‘सलमान पनि केमियो गरिरहँदा थाकिसकेका छन्। उनी केही नयाँ ठूलो काम गर्न चाहन्छन्।

निर्माता आदित्य चोपडा पनि सलमानलाई केमियोमा ल्याउन चाहदैनन् । यसकारण उनी पनि स्पाई युनिभर्सलाई केमियोको भरोसमा अगाडि बढाउन चाहदैनन्।

उनी हरेक भूमिकालाई कथामा फिट गराउन चाहिरहेका छन्। त्यसकारण अब उनी सलमानलाई नयाँ तरिकाबाट दर्शकमाझ ल्याउने तयारीमा छन्’, टिमका एक सदस्यले भनेका छन्।

हालका दिनमा ऋतिक रोशन मुम्बईको एक स्टुडियोमा ‘वार २’को सुटिङ गरिरहेका छन्। उनी यो वर्षको अन्त्यमा शाहरुख खानको ‘पठान २’को पनि सुटिङ गर्नेछन्।

Logo