अस्मितालाई ‘द नेशनल डिजाईनर रनवे २०२४’ को उपाधि

अस्मितालाई ‘द नेशनल डिजाईनर रनवे २०२४’ को उपाधि

केन्द्रबिन्दु
182
Shares

काठमाडौं। फेसन डिजाइनरहरुको प्रतिष्पर्धा ‘द नेशनल डिजाईनर रनवे २०२४’को उपाधि अस्मिता श्रेष्ठले जितेकी छन्।

राज्य मिडिया नेटवर्कले सिन्धुपाल्चोकको सुकुटेबीच रिसोर्टमा बुधबार राती सम्पन्न गरेको चौथो संस्करणको प्रतियोगितामा १४ डिजाइनरहरुको सहभागिता थियो।

प्रतियोगितामा मिराज हुसेन ‘फस्ट रनर अप’ र सुस्मिता घिसिङ ‘सेकेण्ड रनर अप’ भए। प्रतिभाशाली तथा उदीयमान डिजाइनरहरुको रचनात्मकता र अद्वितीय शिल्प कौशल मिश्रित पहिरनमा मोडलहरुले र्यापमा आफूलाई प्रस्तुत गरेका थिए।

रोजिन शाक्यको कोरियोग्राफीमा सम्पन्न प्रतियोगितामा रेजिना तुलाधर, धिरज तण्डुकार र अंकित मैतेय निर्णायक थिए। प्रतियोगिता स्वस्ती दंगालको निर्देशन र परमानन्द चौधरीको व्यवस्थापनमा सम्पन्न भएको थियो।

राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाले डिजाइनरहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्न र नेपाली फेशन उद्योगभित्र सजिलै स्थापित हुन प्लेटफर्मको रूपमा सेवा प्रदान गरेको बताए।

नेटवर्कका सिइओ डेभिल सिंह राजपुतले उत्कृष्ट मोडलहरुको उत्साहजनक उपस्थितिमा नेपालमै पहिलो पटक बीचमा रनवे आयोजना गरेको बताए।

Logo