​​​​​​​विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ गायिका मिरा राणालाई

​​​​​​​विन्ध्यवासिनी म्युजिक अवार्ड भव्यताका साथ सम्पन्न, ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ गायिका मिरा राणालाई

केन्द्रबिन्दु
168
Shares

काठमाडौं। १४ औँ संस्करणको विन्ध्यवासिनी म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ। बिहीबार जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित अवार्ड समारोहमा उक्त कार्यक्रम सम्पन्न भएकाे हाे।

नेपाली सांगीतिक क्षेत्रका लोकप्रिय गीत-संगीतलाई पुरस्कारका साथै अग्रज संगीतकर्मीहरुलाई सम्मानित गरिएकाे हाे।मुक्तिनाथ विकास बैंक र रमपम तयारी चाउचाउको प्रस्तुतिमा आयोजित समारोहमा विभिन्न ३१ विधामा सम्मान र अवार्ड प्रदान गरिएकाे थियाे।

समारोहमा सुगम संगीततर्फ गायक निशान भट्टराई तथा गायिका काव्या आचार्यले सर्वोत्कृष्ट गायक–गायिकाको अवार्ड जित्न सफल भएका छन् भने सुगम संगीततर्फकै विधामा बिबी अनुरागी (संगीतकार), सत्यराज चौलागाईं (रचनाकार) तथा सुदीप सागर (संगीत संयोजक) पुरस्कृत भएका हुन्। विष्णु भण्डारीले सर्वोत्कृष्ट गीतको अवार्ड जितेकाे हाे।

समारोहमा वरिष्ठ गायिका मिरा राणालाई एक लाख रुपैयाँसहित विन्ध्यवासिनी लाइफटाइम अचिभमेन्ट अवार्ड–२०८० प्रदान गरिएकाे थियाे। समारोहमा गायिका मिरा राणाको सम्मानमा गायिका बेनिसा पौडेलले राणाद्वारा स्वरबद्ध ‘मखमली चोली चाहिँदैन’ गीत प्रस्तुत गरेर उपस्थित दर्शकलाई मनोरञ्जन प्रदान गरेकी थिइन्।

समारोहमा संगीतकार भूपेन्द्र रायमाझीलाई ५० हजार रुपैयाँ राशिको विन्ध्यवासिनी साधना सम्मान अर्पण गरिएकाे थियाे भने पत्रकार शान्तिप्रियलाई विन्ध्यवासिनी कला पत्रकारिता सम्मान, गायक रुपक डोटेललाई प्रेमध्वज संगीत रत्न सम्मान तथा लोकगायक राजु परियारलाई झलकमान लोकसंगीत सम्मानबाट सम्मानित गरिएकाे हाे।

समारोहमा गायिका लक्ष्मी सुवेदीलाई १५ हजार रुपियाँसहित अनवरत लोकदोहोरी श्रष्टा सम्मानबाट सम्मान गरिएकाे थियाे। विन्ध्यवासिनी अन्तर्राष्ट्रिय संगीतकर्मी सम्मान दीपक अर्याल (जापान) लाई प्रदान गरिएकाे हाे।

समारोहमा आधुनिक गायनतर्फ बेनिषा पौडेल, लोक तथा दोहोरी गायनतर्फ समीक्षा अधिकारी, गीतकारतर्फ सविता पोखरेल, अभिनयतर्फ सञ्चिता शाही, सम्पादनतर्फ दीपक विष्ट, निर्देशनतर्फ काजिश श्रेष्ठलाई जुरी अवार्ड प्रदान गरिएकाे थियाे।

सम्मानित संगीतकार भूपेन्द्र रायमाझीको सम्मानमा गायक सुमनकुमार श्रेष्ठले ‘बिरही माया’ तथा ‘फूल भए जिन्दगी’ गीत प्रस्तुत गरेका थिए। समारोहमा मस्ट पपुलर आर्टिस्ट अवार्ड पल शाह र पब्लिक च्वाइस अवार्ड एलिना रायमाझीलाई प्रदान गरिएकाे थियाे।

यी हुन् अवार्ड विजेताहरु

सुगम गायकः निशान भट्टराई, प्रेमको प्रस्ताव।

सुगम गायिकाः काव्या आचार्य, तिम्रो यादमा।

सुगम संगीतः बिबि अनुरागी, जान्दिन है प्रियतम।

सुगम रचनाः सत्यराज चौलागाईं, संगसंगै बाँचौंला।

गीतः विष्णु भण्डारी, जाली माया।

सुगम महिला गीतकारः राधिका अधिकारीनभए यदि भार।

संगीत संयोजनः सुदीप सागर, सकम्बरी।

पप गायनः टंक तिमल्सिना, मेरी चम्पा।

यूगल गायनः रमेशराज भट्टराई र रचना रिमाल, भन साइला २।

लोकदोहोरी गायकः रामचन्द्र चन्द, घाँटी रेट्नेलाई।

लोकदोहोरी गायिकाः जुना श्रीष मगर, पानी खोलीको।

लोकदोहोरी भाकाः रमेश परियार, वनमा खयर।

लोकदोहोरी गीतः कृष्ण भारद्वज, डम्बर कुमारी।

आधुनिक भिडियो मोडल जोडीः विजय पुन र गीता ढुंगाना, पत्थरको मुटु २।

राष्ट्रिय भावनाको गीतः बाबुराम श्रेष्ठ, वीर नेपाली सेना।

लोकदोहोरी भिडियो निर्देशकः मौसम हिमाली, रिमै।

सुगम भिडियो निर्देशकः शिशिर खाती, जुम्ला।

भिडियो छायांकारः नवराज उप्रेती, सकम्बरी।

भिडियो सम्पादकः मनोज कार्की, जुम्ला।

दोहोरी नवप्रतिभाः डोलराज परियार, कमली।

पप तथा आधुनिक नवप्रतिभाः चेतन गोतामे, को आफ्नो को पराइ।

लोकदोहोरी मोडलः दीक्पाल कार्की र अनु पराजुली, ओ राजै।

Logo