अभिनेत्री दीपिका प्रसाईंले गरिन् ‘बेबी बम्प’ सार्वजनिक, भन्छिन्- ‘मुटुको टुक्रालाई स्वागत गर्न तम्तयार छु’

अभिनेत्री दीपिका प्रसाईंले गरिन् ‘बेबी बम्प’ सार्वजनिक, भन्छिन्- ‘मुटुको टुक्रालाई स्वागत गर्न तम्तयार छु’

केन्द्रबिन्दु
70
Shares

काठमाडौं। अभिनेत्री दीपिका प्रसाईं आमा बन्दैछन्। निर्देशक दिवाकर भट्टराई र अभिनेत्री प्रसाईंले यही वैशाखको पहिलो साता आफ्नो पहिलो सन्तानलाई स्वागत गर्ने तयारीमा छन्।

यसैबीच, दीपिकाले शनिबार बिहान आफ्नो गर्भवती अवस्थाका केही तस्विरहरु सार्वजनिक गरेकी‌ छिन्। कुसुम क्रिएशनका आकर्षक गाउनमा सजिएकी अभिनेत्री प्रसाईंसंग उनका श्रीमान् भट्टराई कालो सूटमा देखिएका छन्।

पिक्चर प्वाइन्टका दिपक मैनालीले खिचका तस्विरहरु शेयर गर्दै दीपिकाले लेखेकी छिन्,‘बच्चा जन्माउने निर्णय गर्नु आफैँमा महत्त्वपूर्ण कुरा हो।’

आमा बन्न लागेकोमा आफू अत्यन्त खुसी भएको बताएकी छिन्। उनले ‘मलाई त्यसै पनि बच्चाहरु अति मनपर्छ, अहिले आफ्नै बच्चा जन्माउन पाउने भएपछि मेरो खुसीको सीमा नै छैन। हामी दुवै जना हाम्रो मुटुको टुक्रालाई स्वागत गर्न तम्तयार भएका छौँ।’

Logo