बाबु बोगटीको ‘फेरि त्यो दिन’मा एलिजा र युवराजकाे राेमान्स

बाबु बोगटीको ‘फेरि त्यो दिन’मा एलिजा र युवराजकाे राेमान्स

केन्द्रबिन्दु
896
Shares

गायक बाबु बोगटीको स्वरमा रहेको गीत ‘फेरि त्यो दिन’को भिडियो सार्वजनिक भएको छ । गीतमा जेम्स प्रधानको शब्द/संगीत रहेको छ । साथै एरेन्ज सञ्जीव बराइली तथा साजन शाहको मिक्सिङ र मास्टरिङ रहेको छ ।

भिडियोमा एलिजा गौतम, ललना चिमरिया र युवराज खतिवडा फिचर्ड छन् । भिडियोमा अलिजा गौतम र युवराज खतिवडालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् ।

प्रहिल कार्कीको निर्देशन रहेको भिडियोमा दिपु पौडेलको मेकअप, उत्तम हुमागाईंको छायांकन, माधव बेलबासेको कलर र सम्पादन रहेको छ । भिडियो बाबु बोगटी अफिसियल युट्युब च्यानल बाट सार्वजनिक गरिएको हो ।

Logo