अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना, भएकाे के हाे ?

अभिनेत्री पूजा शर्मा अस्पताल भर्ना, भएकाे के हाे ?

केन्द्रबिन्दु
322
Shares

अभिनेत्री पूजा शर्मा अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । मेडिसिटी अस्पतालमा भर्ना भएकी उनले एपेन्डिक्सको शल्यक्रिया गरेकी छन् ।

सामाजिक सञ्जालबाट स्वास्थ्य अवस्थाको जानकारी दिंदै उनले भनेकी छन्, ‘सफलतापूर्वक अप्रेसन भएको छ र चाँडै स्वास्थ्य रिकभर भएकोमा म खुसी छु । अबको समय चाँडो निको हुन डाक्टरको सल्लाह पालना गर्ने र आराम गर्ने हो ।’ उनले डाक्टरहरूलाई समेत धन्यवाद दिएकी छन् ।

आइतबार शल्यक्रिया गरेकी उनी सोमबार बेलुकासम्म डिस्चार्ज हुने जनाइएको छ । साे क्रममा कलाकार र विभिन्न क्षेत्रका व्यक्तिले उनकाे स्वास्थ्यलाभको कामना गरेका छन् ।

Logo