नेपाल चलचित्र संघका पदाधिकारीद्वारा पद बहाली

नेपाल चलचित्र संघका पदाधिकारीद्वारा पद बहाली

केन्द्रबिन्दु
98
Shares

काठमाडौं । नेपाल चलचित्र संघका नवनिर्वाचित पदाधिकारीले पदभार ग्रहण गरेका छन्। चैत १७ गते सम्पन्न ४९ औं वार्षिक साधारण सभाबाट नरेन्द्र महर्जनको अध्यक्षतामा निर्वाचित नयाँ कार्यसमितिले सोमबार संघको विशालनगरस्थित कार्यालयमा पदबहाली गरेको हो।

संघमा १३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ। कार्यसमितिमा वीरेन्द्र नारायण श्रेष्ठ निवर्तमान अध्यक्ष, गोपालकाजी कायस्थ प्रथम उपाध्यक्ष, कपिलप्रसाद द्वा द्वितीय उपाध्यक्ष, ओमप्रकाश जैसी तृतीय उपाध्यक्ष, सुरेन्द्रकुमार थापा महासचिव, दिप्रेश शाक्य उपमहासचिव र प्रज्जवल शमशेर जबरा कोषाध्यक्ष छन्।

संघको कार्यसमिति सदस्यमा देवेन्द्र खड्गी, राजकुमार श्रेष्ठ, गोविन्दबहादुर शाही, छविराज ओझा, निरज गुप्ता, करण श्रेष्ठ, आशीष तामाङ, मिजास पोखरेल र महेन्द्रनारायण श्रेष्ठ छन्।

Logo