राधाको अवतारमा देखिइन् मेनुका माझी, दिनेशसँगकाे केमेस्ट्री लोभलाग्दो [भिडियाे]

राधाको अवतारमा देखिइन् मेनुका माझी, दिनेशसँगकाे केमेस्ट्री लोभलाग्दो [भिडियाे]

केन्द्रबिन्दु
406
Shares

‘कृष्ण कन्हैया’ बोलको भजन गीतको भिडियो सार्वजनिक भएकाे छ । ज्ञानेन्द्र गदालकाे शब्द रहेकाे गीतमा तृप्ती खड्का गुरुङको स्वर तथा संगीत रहेको छ ।

अरुणकुमार प्रधानले निर्देशन गरेकाे भिडियोमा मोडल मेनुका माझी र दिनेश कोइराला फिचर्ड छन् । मेनुका राधाको अवतारमा र दिनेश कृष्णको अवतारमा प्रस्तुत भएका छन् । पहिलो पटक भजन गीतमा देखिएका मेनुका र दिनेशकाे केमेस्ट्री लोभलाग्दो छ ।

‘मैथिली रानी’ भनेर चिनिने मेनुकाको सालिन अवतारले सबैलाई लोभ्याएकाे छ । मेनुका दर्जनौं मैथिली भाषाको गीतमार्फत आफ्नो जादू छर्न सफल भइसकेकी छिन् । पछिल्लोसमय नेपाली म्युजिक भिडियोमा पनि उनी छाइरहेकी छन् । अघिल्लो वर्ष मैथिली भाषाको उत्कृष्ट नायिकाको अवार्ड र वर्ष २०२२ को निम अवार्डमा पब्लिक च्वाइस अवार्ड जितेकी मेनुकाले नेपाली चलचित्र बिए पास, कृष्णलिला, क्विन, प्रेम पूजा र प्रपञ्चलगायतमा अभिनय गरिसकेकी छिन् ।

इटहरीको धार्मिक स्थल नयाँ बृन्दाबन गौसाला र श्री कृष्ण प्रणामी मन्दिरमा छायांकन गरिएको भिडियो सुमन तामाङले खिचेका हुन् । यो भिडियोमा हेमन तामाङले सम्पादन र कलरिङको काम गरेका हुन् ।

Logo