सिल्वेस्टरका कारण रोजले छोडे ‘तुलसा किङ’

सिल्वेस्टरका कारण रोजले छोडे ‘तुलसा किङ’

केन्द्रबिन्दु
112
Shares

काठमाडौं। हलिउड अभिनेता तथा फिल्म मेकर सिल्वेस्टर स्टेलोनमाथि प्यारामाउण्ड प्लस सिरिज ‘तुलसा किङ’को अटलान्टा सेटमा अन्य अभिनेताका बारे अपमानजनक टिप्पणी गरेको आरोप लागेको छ।

उनलाई अन्य कलाकारले सेटमा खराब माहोल बनाएको आरोप लगाएका हुन्। यहीकारण सिरिजका कास्टिङ निर्देशक रोज लकले सिरिज छोडेका छन्। यद्यपि सिल्वेस्टरका प्रतिनिधिले यो विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।

‘येलोस्टोन’ सुपरस्टार श्रोता टेलर शेरडिनले ‘तुलसा किङ’ बनाएका थिए। अहिले उनी अटलान्टामा दोस्रो सिजनको सुटिङको सुटिङ गरिरहेका छन्। ‘तुलसा किङ’को सिजन १ का प्रिमियर सन् २०२२ को नोभम्बरमा भएको थियो। जुन सिजन ओक्लाहोमामा छायांकन गरिएको थियो।

सिल्वेस्टरमाथि अन्य कलाकारले लगाएको आरोपका विषयमा टेलिभिजन लेखिका जुली बेन्सनले सामाजिक सञ्जालमा पोस्ट गरेकी छन्। उनले पू सिल्वेस्टरमाथि गत अप्रिल ८ मा दुई स्क्रिनसट सेयर गरेकी थिइन्।

‘यो दुःखको समाचार मैले अटलान्टाका मित्रबाट प्राप्त गरेकी छु। जसको पृष्ठभूमि यो साता तुलसा किङबाट भएको हो। कास्टिङ एजेन्टले काम छोडिन् किनकी एनी निकै निराश थिए। मेरा साथीहरु अब काम गर्ने विषयमा चिन्तित छन्। सिल्वेस्टर तपाईंलाई आफ्नो बारेमा के भन्नु छ? निराश हुनुका अलावा म आक्रोशमा छु’, उनले लेखेकी छिन्।

एक स्क्रिनसटमा सिल्वेस्टरले शोका निर्देशकसँग ‘यी कुरुप कलाकारहरुसँग के भइरहेको छ?’ भनी सोधेको दाबी गरिएको छ। उनले कलाकारलाई कुरुप र मोटा भनेका छन्। उनले आफ्नो वरपर बस्नका लागि सुन्दर युवती लिएर आउन भनेका छन्।

Logo