‘आउट लः दफा २१९’को फर्स्टलुकमा रिसाहा सुशील

‘आउट लः दफा २१९’को फर्स्टलुकमा रिसाहा सुशील

केन्द्रबिन्दु
14
Shares

काठमाडौं । स्याडो पिक्चर्स र रेट्रो फिल्मस्को प्रस्तुतिमा तयार भएको फिल्म ‘आउट लः दफा २१९’को फर्स्टलुक रिलिज भएको छ ।

फर्स्टलुकमा फिल्मका मुख्य नायक सुशील श्रेष्ठलाई एक्सन रिसाहा अवतारमा देखाइएको छ । सार्वजनिक पोस्टरमा नायक श्रेष्ठ मेसिनगन बोकेर उभिएका छन् । अमित अग्रहरिको निर्माण रहेको फिल्म असोज ३ गतेबाट विश्वव्यापी रुपमा रिलिज हुनेछ ।

विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्मा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुनको पनि अभिनय छ ।

विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माता छन् । नविन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्ममा इश्वर घिमिरे प्रोडक्शन म्यानेजरको रुपमा छन् । विजय बस्यालको पब्लिसिटी डिजाइन रहेको फिल्ममा श्रृजना सुत्रको कास्टिङ छ । फिल्म देशभर डीसीएनले वितरण गर्नेछ ।

Logo